एस्ट्राजेनेका खोपलाई बेलायतमा अनुमति: बेलायतलाई राहत, नेपालजस्ता मुलुकलाई उपयोगी


प्रकाशित मिति : पुस १५, २०७७ बुधबार

अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई आम प्रयोगका लागि बेलायतले अनुमति प्रदान गरेको छ ।

अक्सफोर्ड र एस्ट्राजेनेकाद्धारा निर्मित खोप प्रयोगका लागि सुरक्षित रहेको निष्कर्षसहित यहाँको ‘मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ ( एमएचआरए) ले मान्यता दिएको हो ।

आउँदो सातादेखि नै आम रुपमा वितरण गर्ने भनिएको यो खोपको १० करोड डोज बेलायत सरकारले अर्डर गरिसकेको छ । जुन एकजनालाई दुई डोजका दरले दिंदा ५ करोड मानिसका लागि पर्याप्त हुनेछ ।

आउँदो मार्च महिनासम्ममा चार करोड डोज वितरण गरिसक्ने बेलायतको योजना छ । यो खोप परीक्षणका क्रममा ६२ देखि ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअघि बेलायतमा वितरण शुरु भइसकेको फाइजर बायोनटेक खोपसमेत गरी अब बेलायतको सिंगो जनसंख्यालाई पुग्ने डोजको व्यवस्था भएको बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दाबी गरेका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले अक्सफोर्डको कोभिड खोप बेलायती विज्ञान इतिहासकै महान उपलब्धि भएको भन्दै चाँडो भन्दा चाँडो धेरै मानिसहरुलाई वितरण गरिने प्रतिबद्धता गरेका छन् ।

सस्तो र सहज

अक्सफोर्डको खोप सामान्य तापक्रमको फ्रिजमा पनि स्टोर गर्न सकिनेछ । फाइजर बायोनटेकको जस्तो माइनस ७० डिग्रीमा राख्न जरुरी नरहेकाले यसको भण्डारण र वितरण सजिलो हुने निश्चित छ ।

बेलायतमै निर्मित खोप भएका कारण यसको आपूर्ति पनि समस्या बन्नेछैन । यसअघि प्रयोगमा ल्याइएको फाइजनर बायोनटेक खोप युरोपबाट ल्याउनुपर्ने हुनाले आपूर्ति व्यवस्थापन समेत एक चुनौति थियो ।

फाइजर बायोनटेकको तुलनामा अक्सफोर्डको खोप निकै सस्तो पनि पर्ने भएको छ । अघिल्लो खोपको एक डोजलाई करिब १५ पाउण्ड पर्नेमा अक्सफोर्डको खोपलाई ३ पाउण्डभित्रै पर्ने बताइएको छ ।

बेलायतलाई राहत, नेपालजस्ता मुलुकलाई उपयोगी

पछिल्ला केही दिनमा महामारीयताकै सबैभन्दा उच्च दरको संक्रमण सामना गरिरहेको बेलायतले आफ्नै देशमा निर्मित खोपबाट ठूलो राहत महशुस गरेको छ । बेलायतमा देखिएको तीव्र दरमा फैलिने नयाँ प्रकृतिको भाइरसका हकमा समेत खोप प्रभावकारी हुने अपेक्षा छ ।

बेलायतमा गत महिनादेखि नै वितरण शुरु गरिएको फाइजर बायोनटेक खोपको तुलनामा कम खर्चिलो तथा स्टोर गर्न सहज भएका कारण पनि नयाँ खोप थप प्रभावकारी हुने विश्वास छ ।

वाटर एड यूकेका कार्यरत जनस्वास्थ्य विज्ञ डा ओमप्रसाद गौतम अक्सफोर्डद्धारा विकसित कोभिड खोप आम प्रयोगको दृष्टिले एक महत्वपुर्ण उपलब्धि भएको बताउँछन् ।

‘यो खोप सस्तोका साथै स्टोर गर्न पनि सहज भएका कारण नेपालजस्ता कम तथा अल्पविकसित देशहरुका लागि समेत निकै उपयोगी हुने देखिन्छ’ , डा गौतमले भने, ‘तुलनात्मक रुपमा बढी सुलभ र सहज उपलब्धताले धेरै मुलुकहरुमा कोभिड संक्रमण रोक्न खोपको ठूलो भुमिका रहने आशा गर्न सकिन्छ ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com