ट्रम्प समर्थित ‘२ हजार डलरको राहत चेक बिल’ सिनेटमा सर्वसम्मत हुनमा रिपब्लिकनको अवरोध


प्रकाशित मिति : पुस १४, २०७७ मंगलबार

(नोट: यो समाचार पछिल्लो विवरण सहित अपडेट गरिएको छ । – सम्पादक)

अमेरिकामा हाउसबाट पारित दोश्रो चरणको राहत चेक ६ सय डलरबाट २ हजार डलर बनाउने बिल सर्वसम्मत तरिकाले सहज रुपमा पारित हुनमा सिनेटमा रिपब्लिकन नेता मिच म्याक्कोनेलले अवरोध श्रृजना गरेका छन् । आज सिनेटमा डेमोक्रेटिक सिनेटर चक शुमरले बिल सर्वसम्मत गराउन प्रयास गरेका थिए । तर म्याक्कोनेलले त्यस्तो अनुरोध अस्वीकार गरेका छन् ।

अब यो बिल सर्वसम्मत नभई पछिको कुनै मितिमा मतदानका लागि जानसक्ने देखिएको छ । औपचारिक मतदानका लागि लगिएमा प्रकृयाका कारण मतदानका लागि केहीदिनसम्म लाग्न सक्नेछ । अब यो संसदको आयु भने ६ दिनमात्र रहेको छ । जनवरी ३ मा नवनिर्वाचित सांसदनहरुले सपथ लिएपछि नयाँ संसद सुरु हुनेछ ।

आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ६ सय डलरको राहत चेकसहितको ९ सय बिलियनको राहत प्याकेजमा हस्ताक्षर गरेका थिए । यद्यपी राष्ट्रपति ट्रम्पले राहत चेक २ हजार डलरको बनाउनुपर्नेमा जोड दिदै आएका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राहत चेक २ हजार डलर बनाउने बिललाई डेमोक्र्याट्सले भारी समर्थन गरेका छन् । तर रिपब्लिकन सांसदहरुले भने यो बिलको खासै समर्थन गरेका छैनन् ।

सिनेटमा केही रिपब्लिकनहरु २ हजार डलरको राहत चेकका पक्षमा रहेकाले यो बिल पारित हुनसक्ने सम्भावना समेत रहेको छ । तर ठूलो संख्यामा रिपब्लिकनहरु यो बिलको पक्षमा नरहेकाले अहिले नै भन्न सकिने अवस्था भने छैन ।

हाउसमा ४४ जना रिपब्लिकनहरुले बिलको पक्षमा मतदान गरे । बिलका पक्षमा २७५ र विपक्षमा १३४ मत खसेको थियो ।

के छ ट्रम्पले आइतबार राती हस्ताक्षर गरेको प्याकेजमा ?

आइतबार राती ट्रम्पले राहत प्याकेज र खर्च विधयेकमा हस्ताक्षर गरेका हुन् । ट्रम्पले राहत चेक ६ सयबाट २ हजार डलर बनाउनुपर्ने बताउँदै दुबै सदनबाट गतसाता पारित प्याकेज र खर्च विधयेकमा ५ दिनसम्म हस्ताक्षर गरेका थिएनन् ।

झण्डै ५ महिना लामो रस्साकस्सीपछि झण्डै ९ बिलियनको राहत प्याकेज पारित गर्न संसद सफल भएको थियो । ट्रम्पले राहत चेक २ हजार डलर बनाउनुपर्ने बताएपनि रिपब्लिकन सांसदहरु यसमा असहमत भएपछि राहत चेक २ हजार डलर बनाउनका लागि सर्वसम्मतको प्रयास असफल भएको थियो ।

आगामी सेप्टेम्बर अन्त्यसम्म सरकारी खर्च धान्ने खर्च विधयेक र कोरोनाको महामारीका कारण उत्पन्न आर्थिक समस्याको सामना गर्न राहत प्याकेज  ५५९३ पृष्ठ लामो छ । कोरोनाको महामारी सुरुभएपछि मार्चमा ल्याइएको राहत प्याकेजपछिको यो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

राहत प्याकेजमा बयस्क र बालबालिकाहरुका लागि ६ सय डलरको राहत चेकको व्यवस्था गरिएको छ । बार्षिक ७५ हजारभन्दा कम आम्दानी हुनेहरुले यो राहत चेक प्राप्त गर्नेछन् । १२ सय डलरको राहत चेक प्राप्त गरेका अधिकांश यो राहत चेक समेत प्राप्त गर्न योग्य हुनेछन् ।

त्यस्तै बेरोजगारी विमाको अवधि ११ हप्ता थपिएको छ भने महामारीका कारण काम गुमाएकाहरुलाई राज्यले दिने बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने भएको छ । डिसेम्बर २६ पछि सुरु हुने साताबाट आगामी मार्च १४ सम्म अतिरिक्त साप्ताहिक ३ सय डलर प्रदान गरिने प्याकेजमा उल्लेख छ । ट्रम्पले शनिबार बिलमा हस्ताक्षर नगरेका कारण साप्ताहिक ३ सय भने ११ साताको साटो १० सातामात्र प्राप्त हुने देखिएको छ ।

राहत प्याकेजमा साना विजनेशका लागि ऋण प्रदान गर्न ३१९ बिलियन छुट्याइएको छ । जसअन्तरगत पेचेक प्रोटेक्सन कार्यक्रम अन्तरगत ऋणका लागि २८४ बिलियन छुट्याइएको छ । २० बिलियन इकोनोमिक इन्जुरी डिसास्टर लोन अनुदानका लागि छुट्याइएको छ । १५ बिलियन स्वतन्त्र थियटरहरु र सांस्कृति प्रतिष्ठना लगायत लाइभ कार्यक्रमस्थलका लागि छुट्याइएको छ ।

२५ बिलियन भाडा सहायता कार्यक्रम र घरनिकाला हुनबाट जोगाउने कार्यक्रमका लागि छुट्याइएको छ । १३ बिलियन पोषण कार्यक्रमका लागि छुट्याइएको छ । १० बिलियन चाइल्ड केयरसहित ८२ बिलियन डलर शिक्षाका लागि छुट्याइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com