नेकपा संसदीय दलको नेतामा प्रचण्ड


प्रकाशित मिति : पुस ८, २०७७ बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल दाहाल प्रचण्ड चयन भएका छन् ।

बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बुधबार बसिरहेको संसदीय दलको बैठकले अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा चयन गरेको हो । माधवकुमार नेपालले उनलाई संसदीय दलको नेताका लागि प्रस्ताव गरेका थिए ।  जसलाई सांसदहरुले सर्वसम्मतले अनुमोदन गरेका छन् ।

यसअघि नेकपाको दलको नेता केपी शर्मा ओली थिए । मंगलबार बसेको नेकपाको केन्द्रीय समिति बैठकले ओलीलाई संसद विघटनमा असंवैधानिक कदम चालेको भन्दै अनुशासनको कारबाही गर्दै अध्यक्षबाट हटाएको थियो । रिक्त स्थानमा नेपाललाई अध्यक्ष चयन गरिसकेको छ ।

यस्तै, बैठकमा नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले प्रधानमन्त्री ओली विरुद्धको अविश्वास प्रस्ताव अनुमोदनका लागि पेश पनि गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com