नेकपाको बहुमत सदस्यले अध्यक्षबाट ओलीलाई हटाए, झन्डै ७० प्रतिशत सदस्य उपस्थित


प्रकाशित मिति : पुस ७, २०७७ मंगलबार

नेपाल  कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड- माधव समूहको केन्द्रीय कमिटी बैठकले  अध्यक्ष केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाउने निर्णय अनुमोदन गरेको छ। मंगलबार काठमाडौँ बबरमहलको कार्की ब्याङ्केटमा बसेको बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको हो।

उक्त बैठकमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका ३१५ सदस्यहरु सहभागी भएको प्रचण्ड- माधव समूहको दाबी रहेको छ।

‘बालुवाटारमा जे भयो नौटंकी हो, एकतिहाइ बसेर तीन तिहाइ सदस्य थप्ने ?’ – प्रचण्ड

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटारको बैठक नौटंकी भएको बताएका छन् । मंगलबार बबरमहलस्थित कार्की बैंक्वेटमा जारी केन्द्रीय कमिटीका सदस्यलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले बिहान गरेको बैठक नौटंकी भएको बताएका हुन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘आज बिहान बालुवाटारमा जे भयो नौटंकी हो। एकतिहाई सदस्य बसेर तीन तिहाई थप्ने निर्णय गर्न मिल्छ ? झन् विवरण निर्वाचन आयोगमा बुझाउनु नौँटंकी बाहेक केही होइन ।’ उनले भनेका छन् । उनले यो नौटंकीलाई निर्वाचन आयोगले मान्यता नदिने पनि बताएका छन् ।

आजै बिहान बालुवाटारमा बसेको ओली निकटको केन्द्रीय समिति बैठकले एकता महाधिवेशनका लागि भन्दै ११ सय ९९ जना सदस्य रहने केन्द्रीय कमिटी गठन गरेको थियो । नेकपामा यसअघि ४ सय ४७ जना केन्द्रीय सदस्य छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com