अमेरिकामा कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिन पनि प्रयोग लागि स्वीकृत


प्रकाशित मिति : पुस ३, २०७७ शुक्रबार

अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनलाई पनि प्रयोगका लागि स्वीकृति दिएको छ । यो भ्याक्सिन १८ बर्षभन्दा माथिका व्यक्तिलाई प्रयोगका लागि स्वीकृत गरिएको हो ।

बिहिबार मोडेर्ना भ्याक्सिन स्वीकृत गर्न एफडीए सल्लाहकार प्यानलले सिफारिस गरेको थियो । भ्याक्सिन प्रयोगको अनुमति दिनुपर्ने पक्षमा २० जनाले र विपक्षमा १ जनाले मतदान गरेका थिए । यही सिफारिसका आधारमा एफडीएले आज भ्याक्सिनको प्रयोगका लागि स्वीकृति दिएको हो । गत साता एफडीएले फाइजरको भ्याक्सिनलाई स्वीकृत गरेको थियो ।

अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ । अमेरिकी सरकारले कोरोनाबिरुद्धको मोडेर्ना भ्याक्सिनका थप एकसय मिलियन डोज किन्ने भएको छ । मोडेर्नाले यसै महिना २० मिलियन डोज प्रदान गर्नेछ भने ८० मिलियन डोज जनवरीमा प्रदान गर्नेछ । अब अमेरिकासँग मोडेर्ना भ्याक्सिनका कुल २ सय मिलियन डोज हुनेछन् । अमेरिकासँग मोडेर्नाबाट अरु ३ सय मिलियन डोज भ्याक्सिन किन्ने विकल्प रहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अहिलेसम्म अमेरिकाले मोडेर्ना र फाइजरबाट ३ सय मिलियन डोज भ्याक्सिन सुरक्षित गरिसकेको छ । मार्चसम्म अमेरिकामा १६ बर्षभन्दा माथिका ५० प्रतिशत बढीले भ्याक्सिन पाउनेछन् । दुई डोज भ्याक्सिन दिनुपर्ने भएकाले उक्त भ्याक्सिन १५० मिलियनलाई प्रयाप्त हुनेछ ।

कोरोनाबिरुद्धका फाइजर र मोडेर्ना भ्याक्सिनबीचका ५ फरक

 

यी दुई भ्याक्सिनमा केही फरकहरु देखिएको छ । हामीले थाहा पाएका त्यस्ता केही फरकहरुलाई सुचीकृत गरेका छौं ।

प्रभावकारिता

दुबै भ्याक्सिनको समग्र प्रभावकारिता ९५ प्रतिशत रहेको निष्कर्ष निकालिएको छ । तर १८ बर्षभन्दा माथिका र ६५ बर्षभन्दा मुनीकाहरुमा मोडेर्ना भ्याक्सिनको प्रभावकारिता ९६ प्रतिशत देखिएको छ भने ६५ बर्ष माथिकाहरुमा ८६ प्रतिशतमात्र प्रभावकारी देखिएको छ ।

बनावट

फाइजर र मोडेर्ना दुबै भ्याक्सिनले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

दुबै भ्याक्सिन एमआरएनएमा भरपर्ने भएपनि यसका बनावट भने केही फरक छन् । एमआरएनएमा भर पर्ने भएतापनि फरकफरक खालका एमआरएनए मोलिक्युलसमा भर पर्छन् । त्यसैले दुबै भ्याक्सिनको भण्डारण र प्रयोगका तरिकामा फरक भएको हो ।

भण्डारण

फाइजर जस्तै मोडेर्ना भ्याक्सिनलाई अत्यन्तै चिसोमा राख्न आवश्यक हुँदैन । फाइजरको भ्याक्सिन झण्डै माइनस ७५ डिग्री सेल्सियसमा राख्नुपर्छ । फाइजरको भ्याक्सिन उक्त तापक्रमबाट निकालेपछि सामान्य फ्रिजमा ५ दिनसम्म राखेर प्रयोग गर्न सकिन्छ ।

मोडेर्नाको भ्याक्सिन माइनस २० डिग्री सेल्सियसमा भण्डारण गर्न सकिन्छ । साथै उक्त तापक्रमबाट निकालेपछि १ महिनासम्म सामान्य फ्रिजमा राखेर प्रयोग गर्न सकिन्छ ।

भण्डारणको हिसाबले फाइजरको तुलनामा मोडेर्ना भ्याक्सिन सबै स्थानबाट सहजै वितरण गर्न सकिन्छ ।

डोज

मोडेर्ना र फाइजर दुबै भ्याक्सिन दुई डोज दिनुपर्छ । फाइजरको भ्याक्सिनका दुईवटा डोजहरु २१ दिनको अन्तरमा दिनुपर्छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

तर मोडेर्नाका डोजहरु २८ दिनको अन्तरमा दिनुपर्छ । फाइजरको हरेक डोज ३० माइक्रोग्राम मात्र रहेको छ भने मोडेर्नाको हरेक डोज १ सय माइक्रोग्राम रहेको छ ।

उमेर

फाइजरको भ्याक्सिन १६ बर्षदेखि माथिका व्यक्तिलाई लगाउन स्वीकृत गरिएको छ । मोडेर्ना भ्याक्सिन भने १८ बर्षभन्दा माथिका व्यक्तिलाई लगाउनमात्र स्वीकृत गरिएको छ ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com