२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

अमेरिकी उपराष्ट्रपति पेन्सले शुक्रबार सार्वजनिक रुपमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउने

बहिर्गमन उन्मुख अमेरिकी उपराष्ट्रपति माइक पेन्सले शुक्रबार सार्वजनिक रुपमा नै कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन लगाउने भएका छन् । नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनले भने आगामी साता भ्याक्सिन लगाउने तयारी गरिहेका छन् ।

माइक पेन्स ह्वाइट हाउसको कोरोना भाइरस टास्कफोर्सका प्रमुख समेत हुन् । अमेरिकनमाझ भ्याक्सिनप्रतिको विश्वास बढाउन पेन्सले शुक्रबार सार्वजनिक रुपमा नै भ्याक्सिन लगाउन लागेको ह्वाइटहाउसबाट जारी वक्तब्यमा जनाइएको छ ।

शुक्रबारको कार्यक्रममा माइक पेन्सकी पत्नी करेन पेन्स र सर्जन जनरल जेरोम आदम्सले पनि भ्याक्सिन लगाउने भएका छन् । भ्याक्सिन लगाउने कार्यक्रम ह्वाइट हाउसमै हुने भएको छ ।

आफू लाइनमा अगाडि जान नचाहेको भएतापनि अमेरिकनलाई भ्याक्सिन लिनु सुरक्षित रहेको सन्देश दिनका लागि आगामी साता भ्याक्सिन लिन लागेको बाइडेनले बताएका छन् । बाइडेनले भ्याक्सिन लगाएको भिडियो पनि सार्वजनिक रुपमा देखाइने भएको छ ।

यस अगाडि अमेरिकाका बरिष्ठ सरुवा रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई यथाशीघ्र भ्याक्सिन लगाउनुपर्ने बताएका थिए । ह्वाइट हाउसमा प्रवेशको समयमा कुनै समस्या उत्पन्न हुन नदिनका लागि यसो गर्नु आवश्यक रहेको फाउचीले बताएका थिए ।

गत शुक्रबार कोरोनाबिरुद्धको फाइजर र बायोएनटेकले बनाएको भ्याक्सिन प्रभावकारी र सुरक्षित ठहर गर्दै प्रयोगका लागि अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले अनुमति दिएको थियो । त्यसपछि सोमबारबाट अमेरिकामा भ्याक्सिन लगाउन सुरु गरिएको छ ।

फाइजरको भ्याक्सिन १६ बर्षभन्दा माथिकालाई प्रयोगका लागि स्वीकृत गरिएको हो । फाइजरको भ्याक्सिन माइनस ७६ डिग्री फरेनहाइट र त्योभन्दा चिसोमा राख्नुपर्छ ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

फाइजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन हो । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।

फाइजरको भ्याक्सिन एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रोक्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्रतिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फेरबदल गर्दैन बरू शरिरलाई कोभिड विरुद्ध प्रतिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ।

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →