पछिल्लो २४ घण्टामा थप १३०४ जनामा कोरोना पुष्टि, २१ को मृत्यु


प्रकाशित मिति : मंसिर १६, २०७७ मंगलबार

पालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा १ हजार ३०४ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा २ हजार ७३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख १६ हजार ५९४ स‌ंक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप २१ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५२९ पुगेको छ ।

नेपालमा हाल संक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com