सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सुरु हुनुअघि प्रधानमन्त्री निवास बालुवाटारमा केक काटिएको छ । पार्टी महासचिव अर्थमन्त्री विष्णु पौडेलको ६२औं जन्मदिनको अवसरमा बालुवाटारमा आज केक काटिएको हो । पौडेललाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत सचिवालय सदस्य लगायतले केक खुवाउँदै जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।
केक काटेपछि बालुवाटारमा बैठक जारी छ । आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डले सचिवालय बैठकमा पेश गरेको अलग अलग राजनीतिक प्रतिवेदनमा छलफल हुने बताइएको छ । प्रचण्डले एकल रुपमा २८ कात्तिकको बैठकमा राजनीतिक प्रतिवदन पेश गरेपछि प्रधानमन्त्री केपी ओलीले १३ मंसीरमा जवाफी प्रतिवदन पेश गरेका थिए ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।