ग्रिनकार्ड स्वीकृत गर्दा अफिसरलाई तजविज अधिकार : नीति निर्देशिकामा अपडेट


प्रकाशित मिति : मंसिर २, २०७७ मंगलबार

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड स्वीकृत गर्दा स्वीकृत गर्ने अधिकारलाई प्रदान गर्ने तजविज अधिकारमा अपडेट गरेको छ । अब आवेदकले पनि उसको आवेदन हेरिरहेको अधिकारीलाई त्यस्ता आधारबारे जानकारी दिएर तजविज अधिकारको प्रयोग गर्नका लागि अनुरोध गर्न सक्नेछन् ।

नयाँ अपडेटले आवेदकलाई उसको सकारात्मक वा नकारात्मक तत्वहरुका आधारमा ग्रिनकार्ड स्वीकार वा अस्वीकार गर्ने सन्दर्भमा अधिकारीहरुलाई अपूर्ण सुचीबारे थप स्पष्ट पारेको छ । नयाँ अपडेटमा अमेरिकाको रुचीमा ग्रिनकार्ड आवेदन स्वीकृत गर्ने सन्दर्भमा अधिकारीलाई सन्दर्भसुची प्रदान गर्नका लागि ग्रिनकार्ड आवेदकको सुविधा, उत्तरदायीत्व र अधिकारबारे पनि स्पष्ट पारिएको छ ।

यस्ता छन् ५ सकारात्मक तत्व निर्धारक

ग्रिनकार्ड प्रदान गर्दा अधिकारीले तजविज अधिकार प्रयोग गर्दा परिवार र समुदायसँगको सम्बन्धलाई सकारात्मक रुपमा लिनुपर्नेछ । यदि अमेरिकामा नजिकको नातेदार वा परिवारको सदस्य भएको खण्डमा, ग्रिनकार्ड स्वीकृत नगर्दा परिवारका सदस्यहरुलाई अप्ठ्यारो पर्ने अवस्था रहेमा, खासगरी युवा अवस्थामा नै अमेरिका आएर अमेरिकामा लामो समय कानुनी रुपमा बसेको व्यक्ति भएमा अन्य सबै मापदण्ड पूरा गरेको व्यक्तिलाई अधिकारीले तजविज अधिकारका आधारमा ग्रिनकार्ड स्वीकृत गर्न सक्नेछन् ।

तर नजिकको परिवारको सदस्य नभएको, समुदायसँग सम्बन्ध नभएको र आवासीय सम्बन्ध नभएको व्यक्तिका सन्दर्भमा भने नकारात्मक तत्वका रुपमा लिइनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै कुनै पनि अध्यागमन स्टाटसमा रहँदा त्यो स्टाटसका नियमहरु पालना गरेको, मानवीय आधारमा आप्रवासी वा गैर आप्रवासी आवेदन स्वीकृत भएको लगायतका आधारमा सकारात्मक तत्वका रुपमा लिइनेछ । तर कुनै अध्यागमन स्टाटसमा रहेको बेलामा अध्यागमन कानुन र शर्तको उल्लंघन गरेको, युएससीआईएस वा सरकारका कुनै एजेन्सीलाई गलत विवरण दिएको, देशनिकालाको आदेश पालना नगरेको व्यक्तिका सन्दर्भमा नकारात्मक तत्वका रुपमा लिइनेछ ।

अमेरिकामा सम्पत्ति, लगानी वा ब्यापारिक सम्बन्ध रहेको, अमेरिकामा प्रकार, लम्बाइ र स्थायीत्वसहितको रोजगारको इतिहास रहेको, अमेरिकी संस्थाबाट शिक्षा, दक्षता र तालिम प्राप्त गरेको लगायतलाई सकारात्मक तत्वका रुपमा लिइनेछ । तर असाध्यै सस्तो श्रममा काम गरेको वा बेरोजगार बसेको, अनाधिकृत रुपमा काम गरेको, लागुऔषधको ब्यापार, गैरकानुनी जुवा, वेश्याबृत्ति, मानव तस्करी लगायतबाट गैरकानुनी रुपमा आयआर्जन गरेको वा त्यस्ता काममा रोजगारी पाएको भएमा नकारात्मक तत्वका रुपमा लिइनेछ ।

कुनै अपराधको पृष्ठभूमि नभई समाजमा राम्रो र चरित्रवान व्यक्तिका रुपमा रहेको, सामुदायिक सेवा वा अमेरिकी सेनामा काम गरेको, ट्याक्समा नियमहरु पालना गरेको, कानुन कार्यान्वयन अधिकारीहरुसँग समन्वय गरेको, अदालतले तोकेको बाहेकका अन्य सामुदायिक काममा संलग्न भएको भएमा त्यसलाई सकारात्मक तत्वका रुपमा लिइनेछ । तर राम्रो चरित्र नभएको, सार्वजनिक सुरक्षामा खतरा रहेको, राष्ट्रिय सुरक्षामा खतरा रहेको, ट्याक्सका नियमहरु पालना नगरेको, चाइल्ड सपोर्ट नदिएको, अदालतका कुनै आदेशहरु पालना नगरेको भएमा त्यसलाई नकारात्मक तत्वका रुपमा लिइनेछ ।

सुचीमा भएका बाहेक अन्य तत्वलाई पनि युएससीआईएस अधिकारीले विचार गर्नेछन् । अमेरिका वा अमेरिकाबाहिर रहँदा असल चरित्र भएको राम्रो व्यक्ति भएको खण्डमा त्यसलाई सकारात्मक तत्वका रुपमा लिइने छ भने सुचीमा उल्लेख भएका बाहेक अन्य तरिकाले असल चरित्र नभएको व्यक्ति भएमा त्यसलाई नकारात्मक तरिकाले लिइनेछ ।

यदि आवेदक अन्य हिसाबले ग्रिनकार्डका लागि योग्य छ र नकारात्मक तत्वका तुलनामा सकारात्मक तत्वहरु भारी छ भने त्यस्ता आवेदकको ग्रिनकार्ड अधिकारीले स्वीकृत गर्नेछन् । तर आवेदक अन्य हिसाबले ग्रिनकार्डका लागि योग्य भएपनि सकारात्मक तत्वका तुलनामा नकारात्मक तत्व भारी छ भने त्यस्तो व्यक्तिको ग्रिनकार्ड अस्वीकृत गर्ने तजविज अधिकार दिइएको छ । आवेदक अन्य हिसाबले ग्रिनकार्डका लागि योग्य छैन भने सकारात्मक वा नकारात्मक तत्वकाृ कुनै अर्थ हुनेछैन ।

अन्य हिसाबले योग्य भन्नाले उक्त श्रेणीको ग्रिनकार्ड प्राप्त गर्नका लागि चाहिने आधारभूत मापदण्ड वा योग्यता बुझ्नुपर्छ । परिवारमा आधारित, रोजगारमा आधारित, डिभी लोटरी र एसाइलम आधारित ग्रिनकार्डमा अधिकारीले तजविज अधिकार प्रयोग गर्नसक्नेछन् । तर शरणार्थीका सन्दर्भमा भने अधिकारीले तजविज अधिकार प्रयोग गर्न पाउनेछैनन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com