तर्क: राधाकृष्ण देउजा: भारतबाट को आउँछ-जान्छ भन्ने आधारमा नेपालको राष्ट्रियता कमजोर हुनेछैन


प्रकाशित मिति : कार्तिक ६, २०७७ बिहीबार

– राधाकृष्ण देउजा

भारतीय गुप्तचर प्रमुख विमान चार्टर्ड गरेर नेपाल आएको विषयलाइ लिएर जे जस्ता हल्लाहरु भैरहेका छन , जे जस्ता आशँकाहरु व्यक्त गरिएका छन र जे जस्ता निष्कर्ष र प्रतिक्रियाहरु विभिन्न सँचार माध्यम र सामाजिक संजालहरुमा सार्वजनिक भैरहेका छन त्यो हेर्दा यति जरुर भन्नु पर्छ कि अहिले पनि नेपालमा हिनतावोध , त्राश र एकांकी सोचको अवशेषहरु बाँकी नै छन ।

किन ?

किन भने कोही आउंदैमा उत्पात नै भयो , अव त केहि भैहाल्छ कि भन्ने आसयको धारणाहरु आफैंमा हिनतावोध र कम्जोर मानसिकताकै प्रतिविम्ब हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्वाभाविक रुपमा नेपाल प्रति भारतीय हस्तक्षेपकारी रवैया रहँदै आएको छ । एक नजिकको छिमेकी मित्रसंग भारतको जस्तो मित्रता हुनुपर्ने हो भारतले त्यस्तो नगरेर चलखेल षड्यन्त्रलाइ मित्रता भन्दा महत्वपूर्ण मानेको समय समयमा स्पष्ट भएकै छ ।

तर फेरी पनि नेपालले भारतसंग दुश्मनी हैन दोस्ती नै गर्न चाहेको छ , यति हो कि पछिल्लो दिनहरुमा नेपालले विश्वसनीय पारस्परिक सम्मानको आधारमा मित्रतालाइ वलियो बनाउन खोजेको मात्रै हो । भारतले नेपालको यो प्रष्टता र सदासयतालाइ बुझेर अगाडी बढदा दुवै देशको हित हुने पक्का छ , अनि त्यसो हुनुपर्ने आशा सहित कामना गर्दै गर्दा दुवै पक्षमा संयम अति महत्वपूर्ण छ ।

त्यसैले सानो सानो कुरालाइ ठुलो बनाउने भन्दा पनि आफ्नो आफ्नो राष्ट्रको स्वाधिनता र सार्वभौमिकताको बारेमा पारदर्शी दृढता चाहिं प्रमुख कुरा हो र त्यो भन्दा ठुलो हो राष्ट्रियताको विषयमा सजगता सहितको राष्ट्रिय एकता ।

अनि कुनै विदेशीको भ्रमणलाइ लिएर , अनेकन शव्द जाल बुनेर आफ्नै देशको सरकारको राष्ट्रवाद माथि सवाल खडा गरेर राष्ट्रिय एकता प्रदर्शन हुने हैन बरु सिंगो देश मजाक बन्छ भन्ने सत्यको स्मरण गरिनु पर्छ ।

उल्लेखित सत्यको स्मरण गर्दै , राष्ट्रिय एकताको जगमा मात्रै राष्ट्रवादको रक्षा हुन्छ भन्ने सत्य मनन गर्दै भारतीय गुप्तचर प्रमुख र भारतीय सेनापतिको भ्रमणको सम्वन्धमा क्रिया प्रतिक्रिया र निष्कर्ष भन्दा अगाडी निम्न विषयलाइ मनन गर्नु उचित हुन्छ :

१. नेपाल र भारतको विचमा खुल्ला सिमा मात्रै हैन दुवै देशका नागरिकलाइ एक अर्काको देशमा बिना भिषा ओहोर दोहोर गर्ने सुविधा पनि छ , त्यसैले दुवै देशबाट आवजावतलाइ रोक्न सकिने कुरै भएन । त्यसैले भारतीय गुप्तचर प्रमुखको भ्रमण रोक्ने कुरै भएन बरु लोकतन्त्रले ग्यारेण्टी गरेको स्वतन्त्र प्रेशको जगमा संचार माध्यमहरुले व्यापकता पाएकोले गुप्तचर प्रमुखको भ्रमण गोप्य रहन सकेन । त्यसैले र प्रमुख किन आए भनेर सनसनी गर्नु भन्दा उनले केहि गलत गर्न गराउन खोजे त्यसलाइ सार्वजनिक गराउने तर्फ ध्यान दिनु उचित हुन्छ ।

२. भारतीय गुप्तचर प्रमुख विमान चार्टर गरेर आएको कुरालाइ पनि त्यति जरुरि छैन किन भने कोरोना भाइरसको माहामारीमा यात्रा आफैंमा जोखिम हुने गरेको सन्दर्भमा भारतले आफ्नो गुप्तचर प्रमुखको स्वास्थ्यको ख्याल गरेर विमान चार्टर गर्न उचित ठान्यो भने त्यसलाइ अन्यथा मानेर के के नै भयो कि भन्नु पर्ने केहि छैन । आखिर आफ्नो सुरक्षा र आरामको लागि सक्नेले विमान (हेलिकप्टर) चार्टर त नेपालबाट नेपाल भित्रै जान पनि गरेको देखिएकै हो ।बरु चार्टर गरेर ल्याएको विमानले नेपालको विमान स्थलको उपयोग गरे बापतको शुल्क नेपाल नागरिक उड्डयन प्राधिकरणलाइ तिरे नतिरेको चाहिं एकिन गर्नुपर्छ र भारतबाट गुप्तचर प्रमुख आएको विमानसंग आवश्यक शुल्क लिन चाहिं छोड्नु हुदैन ।

३. यस्तैमा भारतीय सेनापतिले नेपालको औपचारिक भ्रमण गर्दै छन, त्यस भ्रमणको बारेमा पनि विरोध भैरहेको छ जुन जायज छ । किन कि नेपाल भ्रमणमा आउन लागेका भारतीय सेनापति तिनै व्यक्ति थिए जसले नेपालले लिम्पियाधुरा लिपुलेक कालापानी लगायतको आफ्नो भुमि समेटेर नक्सा बनाएको विषयलाइ अर्काको उक्साहटमा भएको काम भनेका थिए , जुन गलत थियो । तर उनको बोलीले नेपाली जनताको भावना माथि प्रहार गरेको अवस्थामा उनको भ्रमणलाइ हरियो बत्ति दिनु हुदैन थियो ।

खैर अब उनी आउने भए पछि यो मौकाको पनि चतुर्याई पुर्वक उपयोग गर्नुपर्छ । नेपाली सँस्कार अनुसारको स्वागत र सत्कारमा कुनै कमि आउन दिनु हुदैन तर त्यसको साथसाथै जस्तै असहजता पनि इमान्दार रहने नेपाली बहादुरीलाइ निरन्तरता दिंदै भारतीय सेना प्रमुखलाइ नेपालीले न अर्काको जमीन गलत ढंगले लिन्छन न अरुलाइ लिन दिन्छन भन्ने सत्यको स्मरण गराउनु पर्छ ।

अतः खुल्ला सिमा भएको मुलुक, बिना भिसा आउन सक्ने देशबाट कोहि आउँछन वा जान्छन त्यसको बारेमा चिन्ता गर्नु पर्ने आवश्यकता छैन । सवैले बुझ्नु पर्छ भारतीय प्रधानमन्त्रीले कमजोर पार्न नसकेको नेपालको राष्ट्रवाद भारत वा अन्य देशको निकायले कमजोर पार्न सक्नेछैन ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com