नेपाल सरकारले अमेरिकामा ३ जना अवैतनिक महावाणिज्यदूतहरु र २ जना अवैतनिक वाणिज्यदूतहरुको अवधि ४ बर्ष थप गरेको छ । मन्त्रि परिषद बैठकले अमेरिकामा प्रेमराजा महत लगायत अवैतनिक महावाणिज्यदूतहरु र अवैतनिक वाणिज्यदूतहरुको अवधि थपेको हो ।
अमेरिकाको मेरिल्याण्डमा अवैतनिक महाबाणिज्यदूत पदमा कार्यरत प्रेम राजा महतको अवधि ४ बर्ष थपिएको छ भने इलिनोय राज्यमा कार्यरत अवैतनिक महाबाणिज्यदूत मरभिन ए ब्रसटिनको अवधि पनि ४ बर्ष थपिएको छ ।
त्यस्तै ओहायोमा कार्यरत अवैतनिक महाबाणिज्यदूत डा विलियम सि क्यासेलको अवधिपनि ४ बर्ष थपिएको छ ।
त्यस्तै हवाईमा कार्यरत अवैतनिक बाणिज्यदूत मेरी सी क्यारोल र सियाटलमा अवैतनिक बाणिज्यदूत एसी शेर्पाको अवधि पनि ४ बर्ष थपिएको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
आफ्नो कार्यकाल थपिएकोमा नेपाल सरकारलाई धन्यवाद दिंदै अवैतनिक महावाणिज्यदूत प्रेमराजा महतले भन्नुभयो -‘म आफू पदमा रहेपनि र नहरेपनि नेपाली संस्कृति र पर्यटनको विश्वभर प्रवद्र्धनका लागि सधै लागिरहनेछु ।’
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।