२३ कार्तिक २०८३, सोमबार| Monday, November 9, 2026
कोभिड १९ अपडेट

नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा

कोरोना संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयूमा सारिएको छ । अस्पतालमा भर्ना भएको चौथो दिनमा पनि स्वास्थ्यमा केहि सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आईसीयूमा सिफ्ट गरिएको चौधरीका स्वकीय सचिव सन्तोष दहितले जानकारी दिनुभयो ।

चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । उहाँमा असोज १९ गते कोरोना संक्रमणको पुष्टि भएको थियो ।

चौधरी स्तन क्यान्सरबाट समेत पीडित हुनुहुन्थ्यो ।  उहाँले २०७० सालमा स्तन क्यानसरको उपचार भारतको नयाँदिल्लीमा गराउनु भएको थियो ।