नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई आइसियूमा राखेर उपचार गरिएको छ । कोरोना संक्रमणका कारण होम आइसोलेशनमा बसेका कोइरालालाई अत्याधिक ज्वरो आएपछि मंगलबार साँझ चाबहिलस्थित ओम अस्पताल भर्ना गरिएको थियो । हाल उनलाई आइसियूमा राखेर उपचार गर्दा ज्वरो नियन्त्रणमा आएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।
अस्पताल स्रोतका अनुसार भिआइपी व्यक्ति भएकाले उपचारमा सजिलो र भीडभाडबाट जोगाउन सजिलो हुन्छ भनेर पनि आइसियुमा राखिएको हो । हाल कुनै ब्याकअपको आवश्यकता नपरेको कोइरालाको स्वास्थ्य सामान्य नै रहेको बताइएको छ । कोइरालालाई गत भदौ २३ मा कोरोना संक्रमण पुष्टि भएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।