कांग्रेस महामन्त्री शशांकलाई कोरोना संक्रमण


प्रकाशित मिति : भाद्र २३, २०७७ मंगलबार

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई कोरोना संक्रमणको पुष्टि भएको छ । आज नै गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभको रिपोर्ट आएको उनको सचिवालयले जनाएको छ ।

स्वकीय सचिव भरत तिवारी अनुसार कोइरालामा कुनै लक्षण नदेखिएको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com