२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
कोभिड १९ अपडेट

नेपालमा थप ९७९ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा थप ९७९ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा ९७९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ४७ हजार २३६ पुगेको छ।

संक्रमितमध्ये हालसम्म कोरोना जितेर घर फर्किनेको संख्या ३० हजार ६७७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ७३६ जना उपचारपछि डिस्चार्ज भएका छन् । ६५ प्रतिशत संक्रमित निको भएका छन् । हाल नेपालमा १६ हजार २५९ संक्रिय संक्रमित छन् । संस्थागत आइशोलेशनमा ९ हजार ६९ जना रहेका छन् । होम आइशोलेशनमा ७ हजार १९० रहेका छन् । अहिले क्वारेन्टाइनमा ४ हजार ७३९ रहेका छन् । आज ९ हजार २१८ जनाको पिसिआर परिक्षण गरिएको छ ।

उपत्यकामा ३२६ संक्रमित थपिए

काठमाडौं उपत्यकामा सोमबार ३२६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। जसमा काठमाडौंमा २९१ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ललितपुरमा २० र भक्तपुरमा १३ जनामा संक्रमण पुष्टि भएको छ।

थप ११ संक्रमितको मृत्यु

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । सोमबार मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३०० पुगेको छ ।