राष्ट्रिय झण्डा जलाउँदै गीत तयार, चौतर्फी विरोध


प्रकाशित मिति : भाद्र २, २०७७ मंगलबार

नेपालको साम्प्रदायिक सद्भावमा खलल पु-याउने गीत देशद्रोही सार्वजनिक भएको छ । मङ्गोल हप अफिसियल युट्युब च्यालनमा आइतबार अपलोड भएको भिडिओमा विभिन्न समुदायलाई अश्लिल भाषामा गाली गर्दै नेपाली झण्डा जलाइएको छ । अहिले यो गीतको अहिले सामाजिक सञ्जालमा व्यापक विरोध भैरहेको छ ।

ग्याल्जेन दोर्जे तामाङले ल्याएको गीतले नेपाली मूल्य, मान्याता तथा संस्कृतिमा आपत्तिजनक शब्दको प्रयोग गरिएको छ । मकवानपुरको सल्लेरीमा रहेको विष्णु आधारभूत माध्यामिक विद्यालयको प्राङ्गणमा उक्त भिडियो सुटिङ गरेको देखिन्छ । गीतमा ब्राह्मणलाई देशद्रोही, झण्डालाई ब्रा, ढाका टोपीलाई ढाल जस्ता शब्दको प्रयोग गरिएको छ ।

यसैबीच नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले ट्वीटमार्फत यस्ता गतिविधि गर्नेलाई कडा कारबाहीको माग गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रहरीले थाल्यो अनुसन्धान

नेपालको जातीय द्वन्द्व भड्काउने ‘देशद्रोही’ बोलको गीतविरुद्ध प्रहरी अनुसन्धान थालेको छ । प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार सोमबार ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक भएको उक्त विवादीत गीतको विषयमा अनुसन्धान अघि बढाइएको हो । गीतको गायक ग्याल्जेन दोर्जे तामाङको खोजी भैरहेको बताइएको छ ।

गीतको भिडियो :-

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com