घुस लिने प्रहरी निलम्बित, नलिने पुरस्कृत


प्रकाशित मिति : श्रावण २९, २०७७ बिहीबार

बाग्मती प्रदेश प्रहरी कार्यालयले गत मंगलबार छ प्रहरी कर्मचारीलाई निलम्वन ग¥यो । कार्यालयबाट खटेको विशेष प्रहरी टोलीले एकैदिन सेवाग्राहीसँग घुस रकम लिएकै अवस्थामा ती प्रहरीलाई नियन्त्रणमा लिइ छानविन पछि निलम्वन गरेको हो ।

जिम्मेवारी इमान्दारितापूर्वक निर्वाह नगरी आर्थिक प्रलोभनमा पर्दै सवारी चालकसँग विभिन्न बहानामा रकम लिएको भेटिएपछि नियन्त्रणमा लिई कार्यालयले अनुसन्धानपछि सिन्धुलीका पाँच र काभ्रेपलाञ्चोकको एक प्रहरी कर्मचारीलाई निलम्वन गरेको ग¥यो । काभ्रेपलाञ्चोकको मंगलटारस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान नविनबहादुर थापा तथा सिन्धुलीको जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय भिमान र खूर्कोट, प्रहरी चौकी ढुङ्ग्रेबास र अस्थायी प्रहरी पोष्ट भिमानमा कार्यरत प्रहरी हवल्दारद्वय राजकुमार श्रेष्ठ र डोरबहादुर कार्की, प्रहरी जवानहरु कुमारबाबु सिंह, धिरेन्द्र शाह, रामकुमार थापालाई निलम्वन गरिएको प्रदेश प्रहरी कार्यालय हेटौँडाका सूचना समन्वय अधिकृत प्रहरी निरीक्षक रोशन थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार कार्यालयले मकवानपुर तथा चितवनमा कार्यरत चार प्रहरी कर्मचारीलाई सवारी चालकसँग विभिन्न वहानमा रकम लिएपछि भेटेपछि यही साउन १४ गते निलम्वन गरेको थियो । चितवनको रामनगरस्थित इप्रकामा कार्यरत प्रहरी हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक कार्यालय रामनगरमा कार्यरत प्रहरी जवान योगेन्द्र मल्ल, मकवानपुरको मनहरीस्थित इप्रकामा कार्यरत प्रहरी जवान अजय महतो र जिल्ला प्रहरी कर्यालयमा कार्यरत प्रहरी जवान लक्ष्मणकुमार महतोलाई निलम्वन गरिएको कार्यालयले जनाएको छ । “घुस लिई कार्वाहीमा पर्नेमा प्रहरी निरीक्षकसमेत रहेका छन्” प्रहरी निरीक्षक थापाले भन्नुभयो ।

कोरोना भाइरस् संक्रमणको उच्च जोखिम ९विपद्०का बेला विभिन्न आर्थिक प्रलोभनमा परी घुस लिने गरेको सूचना पाएपछि पछिल्लो समय बाग्मती प्रदेश कार्यालयले मातहतमा खटेका प्रहरी कर्मचारीको विशेष अभियानका रुपमा निगरानी गरिरहेको जनाएको छ । निलम्बित प्रहरी कर्मचारीको सम्बन्धमा थप छानविन गर्न प्रदेश प्रहरी कार्यालय हेटौँडाले प्रहरी नायव उपरीक्षक विज्ञान बस्नेतको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । पलिल्लो समय दुई दर्जन प्रहरी कर्मचारी कार्वाहीमा परेको कार्यालयले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी वरिष्ठ उपरीक्षक सुदिप गिरीले विशेष गरी एक जिल्लाबाट अर्को जिल्ला प्रवेश गर्ने, सवारी पासको दूरुपयोग गरी यात्रु ओसारपसार गर्ने सवारी दूर्घटना गराई कानुनी कार्वाहीबाट उम्कने र नदीजन्य सामग्री अवैधरुपमा ओसारपसार गर्ने प्रयोजनका लागि ड्यूटीमा रहेका प्रहरीलाई पाँच सय रुपैयाँदेखि पाँच हजार रुपैयाँसम्म रकम दिएर प्रलोभनमा पार्न खोजिएपछि उनीहरुलाई रकमसहित पक्राउ गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “हाम्रो विशेष अभियान चलिरहेको छ, आर्थिक प्रलोभनमा परी सवारीमार्फत मानिस ओहोरदोहोर गराउँदा कोरोना भाइरस्को जोखिम बढ्नसक्छ ।” उहाँले घुस लिने प्रहरी कर्मचारीलाई निलम्बन गरेको र आर्थिक प्रलोभन देखाउने सवारी चालकलगायतलाई कार्वाही सिफारिस गर्ने प्रहरीलाई पुरस्कृतसमेत गरेको जानकारी दिनुभयो ।

यसैबीच बाग्मती प्रदेश प्रहरी कार्यालय हेटौँडाले साउन महिनामा ड्यूटीमा बसेका प्रहरीलाई विभिन्न प्रलोभन देखाई घुस रकम दिने खोज्नेलाई घुसवापतको रकमसहित पक्राउ गरी कार्वाहीको दायरामा ल्याउने २५ प्रहरीलाई पुरस्कृत गर्ने गरेको छ । सिन्धुलीको भिमानस्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी हवल्दार ओमनारायण महतोलाई सवारी चालकले बिलबुकभित्र रु ३०० राखी प्रहरीलाई आथिृक प्रलोभनमा पार्न खोजेपछि रकम र चालकलाई नियन्त्रणमा लिई कार्वाहीको सिफारिस गरेपछि उनलाई यही साउन २७ गते पुरस्कृत गरिएको हो । यसको दुई दिनअघि सोही प्रकृतिको आर्थिक प्रलोभन देखाउँदा चालकलाई कार्वाही सिफारिस गर्ने दुई प्रहरी कर्मचारीलाई कार्यालयले पुरस्कृत ग¥यो । उसले यसअघि २२ जनालाई विभिन्न मितिमा त्यस्ता प्रहरीलाई पुरस्कृत गरेको जनाएको छ ।

कार्यालयले प्रहरी कर्मचारीबाट नागरिक केन्द्रीत, स्तरीय, प्रभावकारी र पारदर्शी सेवा प्रवाह गराउने उद्देश्यले प्रदेश प्रहरीप्रमुख प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामाको नेतृत्वमा विशेष कार्ययोजना बनाई माहतहतका कार्यालयमा सोहीअनुसारको कार्यसम्पादन हुन थालेपछि प्रहरी कर्मचारीबाट भइरहेको कार्यसम्पादनमा इमान्दारिता र पारदर्शीता देखिदैगएको जनाएको छ । साथै, कार्यालयले प्रहरी कार्यसम्पादनमा चुस्त–दूरुस्त एवं पारदर्शीताको विषयमा कुनै कमीकमजोरी, लापर्वाही तथा आर्थिक अनियमितता गरेको पाइएमा तत्कालै नजिकको प्रहरी कार्यालय एवं सम्बन्धित निकायमा सूचीत गरिदिन सर्वसाधारणमासमेत अपील गरेको छ ।

विभिन्न पक्राउ परेका व्यक्तिहरुलाई कसुरअनुसार सार्वजनिक हित, स्वास्थ्य, सुविधा, सुरक्षा र नैतिकताविरुद्धको कसुरमा मुद्धा चलाइएको, रोग संक्रमण ऐन–२०२० अनुसार आवश्यक कार्वाहीलागि जिल्ला प्रशासन कार्यालयमा बुझाइएको र कतिपयलाई ट्राफिक नियम उल्लंघन गरेको कसुरमा जरिवाना गराइएको छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com