७५ प्रतिशत श्रमिकको रोजीरोटी गुम्दै


प्रकाशित मिति : श्रावण २८, २०७७ बुधबार

दाङमा कोरोनाको महामारीका कारण बन्द भएका होटल व्यवसाय यही साउन १५ देखि सञ्चालनमा आएका छन् । बन्दाबन्दीको चार महिनापछि होटेल त सञ्चालनमा आए तर व्यवसाय फस्टाउन सकेको छैन । व्यवसाय फस्टाउन नसक्दा होटेलमा श्रमिकको रोजीरोटीको अझै कुनै टुङ्गो छैन । व्यवसाय तत्काल फस्टाउने अवस्था नभएपछि होटेलमा आधा जनशक्तिले मात्रै काम चलाइएको होटेल सञ्चालकले बताएका छन् ।

घोराहीस्थित होटेल सिटी प्लाजाका प्रबन्धक कमल सुवेदीका अनुसार भर्खरै खुलेका होटेलमा रेष्टुरेन्ट र लज कुनै चलेको छैन । “व्यापार छैन, २२ जना श्रमिकमध्ये अहिले १२ जनाले मात्रै काम चलाएका छौं, बाँकी श्रमिक घरमै बेतलवी बस्नुभएको छ”, सुवेदीले भन्नुभयो । अहिले तत्कालको अवस्था सहज नदेखिएकाले केही समय घरमै बस्न भने पनि समस्या परेकालाई सहयोग गरिएको सुवेदीले बताउनुभयो । होटल व्यवसाय फस्टाउन नसक्दा होटेलमा काम गर्ने श्रमिकको रोजगारी गुमेको छ । श्रमिकलाई सम्पर्कमै राखेको तर बिदाको तलब दिन नसकिएको घोराहीकै होटेल डोकोका प्रबन्धब वसन्त जिएमले बताउनुभयो ।

होटेलमा २१ श्रमिक रहेकामा अहिले नौ जनालाई मात्रै काम दिइएको छ । “घरमै बसेकाहरुलाई समस्या पर्यो भने पछि तलबबाट काट्ने गरी रकम सहयोग गरेका छौँ”, उहाँले भन्नुभयो । अहिले काममा आएकाहरुलाई पनि होटेल सफा राख्ने र कफी बेच्नेबाहेक अरु केही काम दिन नसकिएको जिएमको भनाइ छ । दाङमा सानाठूला गरी करीब एक हजार तीन सय होटल छन् । कोरोनाले निम्त्याएको सङ्कटले ७६ होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिले जनाएको छ । भाडाका घरमा सञ्चालन भएकाले घरभाडा तिर्न नसक्दा होटेल बन्द भएको दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले बताउनुभयो ।

“अब हामीले होटेल व्यवसाय सञ्चालन गर्न सक्दैनौँ भनेर दैनिक दुईतीन जना लगत कट्टा गराउन आउनुहुन्छ”, उहाँले भन्नुभयो । डाँगीका अनुसार उहाँको होटलमा काम गर्ने श्रमिकमध्ये अहिले २५ प्रतिशत मात्रै छन् । “आफैँ घरपरिवारका सदस्यले चलाएको छु, व्यापार छैन, श्रमिकलाई राख्दा श्रमको पैसा पनि दिनुपर्यो, समस्या छ”, उहाँले भन्नुभयो । जिल्लामा कोरोनाका कारण अहिले करीब ७५ प्रतिशत श्रमिक रोजगारी गुमाउन बाध्य छन् । प्रदेश नं ५ मा करीब ११ हजार होटल व्यवसाय सञ्चालनमा छन् जसमा करीब ८५ अर्ब लगानी रहेको नेपाल होटेल तथा रेष्टुरेन्ट व्यवसाय महासङ्घ प्रदेश नम्बर ५ का अध्यक्ष भाष्कर काफ्लेले जानकारी दिनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उहाँका अनुसार ती होटेलमा ६० हजार श्रमिक छन् तर अहिले करीब २५ प्रतिशत श्रमिक मात्रै कार्यरत छन् । अझै पनि कोरोनाको प्रभाव बढ्दै गएमा कामदारको पनि रोजीरोटी गुम्ने खतरा रहेको उहाँले बताउनुभयो । होटेल व्यवसाय तत्काल फस्टाउने अवस्था नदेखिएकाले श्रमिकको रोजीरोटी गुम्न थालेको काफ्लेको भनाइ छ । “व्यवसायीलाई अहिले बैंकको किस्ता तिर्नेदेखि घरभाडा कसरी बुझाउने भन्ने पिर छ, अर्र्कातिर श्रमिकको रोजीरोटी कसरी सुरक्षित गर्ने भन्ने चिन्ता छ”, उहाँले भन्नुभयो । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com