न्युयोर्क सिटीमा लगातार तेश्रो दिन कोरोनाबाट मृत्यु शुन्य, क्वारेन्टीन लागु गर्न चेकप्वाइन्ट राखिने


प्रकाशित मिति : श्रावण २१, २०७७ बुधबार

न्युयोर्क सिटीले आफ्नो तीनदिने रेकर्डमा कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको उल्लेख गरेको छ । ब्रोंक्स र बु्रकलिनमा एकएकजनाको मृत्यु भएको पुष्टी भएपनि हरेक दिन सयौंको मृत्यु हुने अप्रिल महिनाको भयाभह अवस्थाबाट न्युयोर्कमा उल्लेख्य सुधार भइसकेको छ ।

राज्यब्यापी अस्पताल भर्ना हुने संख्या ५६४ मा झरेको छ । अप्रिल महिनामा यो संख्या २० हजारसम्म पुगेको थियो । कुल परीक्षणमध्ये झण्डै एक प्रतिशतमा मात्र कोरोना संक्रमण पुष्टी हुने दर एकसातादेखि कायमै रहेको छ । न्युयोर्क सिटीका ५ वटै बोरोमा पनि संक्रमणको न्यून दर कायमै रहेको छ । जबकी कुनै बेला कुल परीक्षणमध्ये ५९ प्रतिशतमा कोरोना संक्रमण देखिएको थियो ।

कुनै बेला कोरोनाको इपीसेन्टर रहेको क्वीन्समा अहिले परीक्षण गरिएकाहरुमध्ये जम्मा शुन्य दशमलव ८ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । क्वीन्समा कोरोना संक्रमणबाट कम्तीमा आधादर्जन नेपालीहरुको ज्यान गएको थियो भने सयौं नेपाली संक्रमित भएका थिए ।

यसैबीच न्युयोर्कसिटीका मेयर बिल डे ब्लाजिओले क्वारेन्टीनको नियम कार्यान्वयनका लागि न्युयोर्क सिटीका ५ वटै बोरोमा चेकप्वाइन्टहरु राखिने बताएका छन् । कोरोना संक्रमणदर उच्च रहेका स्थानबाट न्युयोर्क आउनेहरुलाई नियम कार्यान्वयन गराउनका लागि चेकप्वाइन्ट राखिने उनले बताएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा पोर्तोरिको र ३४ राज्यबाट आउनेहरुलाई १४ दिन अनिवार्य क्वारेन्टीनमा बस्नुपर्ने नियम लगाइएको छ । वासिंटन डिसीलाई भने मंगलबार सुचीबाट हटाइएको छ । क्वारेन्टीन गम्भिर विषय रहेको सन्देश दिन चेकप्वाइन्ट राख्न लागिएको तर आफूहरुले मान्छेहरुलाई कारवाही होइन, नियम पालना गरेको सुनिश्चितताका लागि शिक्षित बनाउन चाहेको ब्लाजिओले बताएका छन् ।

न्युयोर्कका एयरपोर्टहरुमा अवतरण गर्ने यात्रुहरुले फर्म भर्न जरुरी हुन्छ । फर्म नभर्नेहरुलाई २ हजार डलरसम्म जरिवानाको व्यवस्था गरिएको छ । कार, ट्रेन र बसबाट आउनेहरुलाई पनि सोही नियम लागु भइररहेको छ ।

बिहिबारदेखि पेन स्टेशनमा चेक प्वाइन्टको सुरुवात गरिने भएको छ । फर्म भर्न सघाउनका लागि र मान्छेहरुलाई सुचित गर्नका लागि चेकप्वाइन्टको व्यवस्था गर्न लागिएको हो । अन्य चेक प्वाइन्टहरु पुल र टनेलहरुमा राखिनेछ । केही चेक प्वाइन्टहरु र्याण्डम तरिकाले राखिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com