२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
कोभिड १९ अपडेट

अमिताभ बच्चनको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ, अस्पतालबाट डिस्चार्ज

भारतीय चर्चित अभिनेता अमिताभ बच्चनको कोरोना परीक्षणको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । उनले आफ्नो पछिल्लो रिपोर्ट नेगेटिभ आएको र डिस्चार्ज भएको भन्दै ट्वीट मार्फत सबै शुभचिन्तकहरुलाई धन्यवाद दिएका छन् ।

अब आफू घरमै क्वारेन्टीनमा बस्ने उनले बताएका छन् । उनले भनेका छन् -‘भगवानको कृपा, बुबाआमाको आशिर्वाद, मेरा साथीहरु र शुभचिन्तकहरुको प्राथना, नानावती अस्पतालमा गरिएको उत्कृष्ट हेरचाहका कारण आज मेरोलागि यो दिन देख्न सम्भव भएको छ ।’

गत जुलाई ११ मा अमिताभले आफूलाई कोरोना संक्रमण भएको पुष्टी गरेका थिए । त्यसपछि उनी अस्पतालमा भर्ना भएका थिए । झण्डै तीनसाता लामो अस्पताल बसाईपछि उनी डिस्चार्ज भएका छन् ।

तर उनका छोरा तथा चर्चित कलाकार अभिषेक बच्चनले भने आफूमा अझै पनि कोरोना पोजेटिभ देखिएकाले अस्पतालमै बस्नुपर्ने बताएका छन् । उनले आफ्ना प्राथना गर्ने सबैलाई धन्यवाद दिंदै भनेका छन् – ‘म यसलाई पराजित गरेर स्वस्थ्य भएर फर्कने प्रण गर्छु ।’

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →