तपाईंको मास्क खै ? परिएला है कार्वाहीमा


प्रकाशित मिति : श्रावण १४, २०७७ बुधबार

सप्तरी प्रहरीले ‘‘तपाईंको मास्क खै ?’’ सचेतनामूलक अभियान सुरु गरेको छ । कोरोना भाइरस सङ्क्रमण न्यूनीकरण तथा रोकथामको लागि मास्क लगाउन अनिवार्य गरेपछि प्रहरीले यस्तो चेतनामूलक कार्यक्रम सुरु गरेको हो । मास्क लगाएर बाहिर हिँडडुल नगर्ने मानिसउपर कारबाही गर्नुभन्दा पनि सचेत गराउने उद्देश्यले जिल्ला प्रहरी कार्यालय सप्तरीको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत सो कार्यक्रम सुरु गरिएको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिनुभयो ।

जिल्लाको रुपनी गाउँपालिका वडा नम्बर १ रुपनी चौकमा सहायक प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको प्रमुख आतिथ्यमा विभिन्न सुरक्षा निकायका प्रमुखको उपस्थितिमा ‘‘तपाईंको मास्क खै ?’’ अभियान सुरुवात गरिएको उहाँले बताउनुभयो । जिल्लामा सङ्क्रमितको सङ्ख्या बढ्दैगइरहेको अवस्थामालाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय सप्तरीले अनिश्चितकालीन निषेधाज्ञा र मास्क लगाउनेसम्बन्धी जारी गरिएको सूचना र कानुनी व्यवस्थाको सम्बन्धमा जनचेतनामुलक कार्यक्रमसमेत आयोजना गरिएको प्रहरी प्रवक्ता भारतीले बताउनुभयो ।

यसैबीच मास्क लगाएर सार्वजनिक स्थलमा हिँडडुल नगर्ने १२३ जनालाई सप्तरी प्रहरीले नियन्त्रणमा लिई कारबाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय सप्तरीले कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा रोकथामका लागि सार्वजनिक स्थलमा मास्क नलगाई हिँडडुल गर्नेलाई कारबाही गर्ने दुई दिनअघि जारी गरेको सूचनालाई अटेर गरेपछि नियन्त्रणमा लिई कारबाही गरिएको हो ।

पूर्व पश्चिम लोकराजमार्गको विभिन्न स्थानसहित राजविराज नगरस्थित महावीर स्थान, गजेन्द्र चौक, शहिद चौक, रुपनी मोड तथा कन्चनरुप नगरपालिकालगायत स्थानहरूबाट नियन्त्रणमा लिएका १२३ जनाबाट प्रतिव्यक्ति एक सय रुपियाँ जरिवाना तिराएर छोडेको जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ । सो जरिवानाबापत १२ हजार ३०० राजस्व सङ्कलन भएको प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com