लकडाउन खुलेपनि सीमा नाका नखोल्न दबाव


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

कोभिड १९ को महामारीलाई ध्यानमा राखेर सरकारले चैत ११ गतेदेखि गरेको बन्दाबन्दी खोलिएको घोषणा गरेपछि भारत नेपाल सीमानालाई अझै केहि महिना बन्द नै राख्न बांकेका नागरिक अगुवाहरुले दबाव दिएका छन् । पछिल्लो समयमा आएर नेपालमा कोरोना संक्रमित घट्दै गएको भए पनि भारतमा भने अत्याधिक तिब्र गतिले सङ्क्रमण फैलिरहेको हुँदा यहाँस्थित नेपाल भारत सिमाना तत्काल खोल्न नहुने उनीहरुले बताएका छन् ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठले भारतमा दैनिक ४० हजार जनामा संक्रमण भेटिरहेकोले आगामी छमहिनासम्म कुनै पनि हालतमा सिमाना खोल्न नहुने बताउनुभयो ।उहाँले नेपाल भारत सिमानालाई खोलेर पुरानै अवस्थामा पु-याउने हो भने सीमावर्ती जिल्लाहरुमा कोभिड–१९ को भयावह रुप देखिन सक्ने तर्क गर्नुभयो ।

यहाँस्थित सिमाना पारीको भारतीय जिल्ला बहराईचमा हाल आएर तिब्र गतिमा कोरोना फैलिने क्रम जारी रहेकाले हतार गरेर सिमाना खोलिने हो भने त्यसको गम्भीर परिणाम हुने स्थानीय अगुवा विवेक श्रेष्ठले बताउनुभयो ।उहाँले सीमानामा अझै पनि जन्तीको आवागमन भैरहेको तथा विना कुनै आवश्यक काम पनि मानिसहरु आउने जाने भैरहेकोले सो पनि रोक्नु पर्ने माग गर्नुभयो ।

नेपालगञ्जका अर्का अगुवा समाजसेवी हेमन्तराज काफ्लेले भारतबाट आउनेहरुलाई मात्र व्यवस्थित तरिकाले क्वारेन्टाइनमा राखेर मात्र आउन दिनु पर्ने माग गर्दै सीमानामा नियन्त्रण नगरिए अवस्था धेरै चिन्ताजनक हुनसक्ने बताउनुभयो ।उहाँले भारतबाट आउनेले कोरोना परिक्षण गराएको रिपोर्ट लिएर मात्र आउन पाउने व्यवस्था मिलाउनुका साथै अझै केही महिना सीमाना बन्द राखिनु नेपालको हितमा हुने बताउनुभयो ।
अर्का स्थानीय दिपक पौडेले आन्तरिक रुपमा बन्दाबन्दीलाई समाप्त गरिएपनि नेपाल भारत सीमाना अझै ६ महिना भन्दा बढी खोल्न नहुने तर्क गर्दै देश भित्रै पनि सामाजिक दुरी र मास्कमा कडाई आवश्यक रहेको बताउनुभयो । बन्दाबन्दीलाई समाप्त पारिएझैं नेपाल भारत सिमाना पनि खुकुलो पारिने हो भने त्यसपछि आउने परिणामको जिम्मेवारी पनि सरकारलेनै लिनुपर्ने अधिकांश स्थानीय बासिन्दाको भनाइ छ ।
यसैबीच बुधबार पनि बाँकेमा नेपालगञ्ज १८ का एकजना महिला र तथा राप्तीसोनारीका दुईजना महिला पुरुष गरेर तीनजना सङ्क्रमित थपिएका छन् । यीसँगै अब बाँकेमा आइसोलेसनमा रहेका सङ्क्रमितको सङ्ख्या २६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com