चट्टान फोर्दै पहिरो पन्छाउँदै


प्रकाशित मिति : श्रावण ७, २०७७ बुधबार

gf/fo0fu9–d’lUng ;8sdf klx/f] e/tk’/, % ;fpg clj/n jif{sf sf/0f gf/fo0fu9–d’lUng ;8sv08 cGtu{t OR5fsfdgf ufpFkflnsf–^, rf/ lsnf]df v;]sf] klx/f] . k”0f{ ?kdf cj?4 ePsf] ;8ssf] klx/f] kG5fOFb} . t:jL/M s[i0f cfrfo{÷/f;;

नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत १६ किलोमा चट्टान फोरेर पहिरो पन्छाउन थालिएको छ । भरतपुर महानगरपालिका–२९ को बालुवा पुल नजिकै मङ्गलबार राति ठूला चट्टानसहितको पहिरो खसेपछि आज बिहान १० बजेबाट चट्टान फोरेर पहिरो पन्छाउन थालिएको हो ।

डिभिजन सडक कार्यालय भरतपुरका ईञ्जिनीयर विजय दराईका अनुसार चट्टान फोर्नुपर्ने भएपछि एक्साभेटरमा ब्रेकर राखेर फोर्न थालिएको छ । नारायणगढ तर्फको भागमा एक्साभेटरले बिहान १० बजेबाट ढुङ्गा फोर्न शुरु गरेको हो । मुग्लिन तर्फबाट बिहान ९ बजेबाट लोडरले पहिरो पन्छाउन थालेको छ ।

पहिरोले सडकको झण्डै १५० मिटर भाग ढाकेको छ । दराईले भने, “माथि २५० मिटर जतिबाट पहाडै खसेको छ ।” करिब पाँच घण्टामा पहिरो पन्छाउन सकिने अनुमान गरिएको उनले जानकारी दिए । अर्को एउटा एक्साभेटर पनि खोजी गरिएको दराईको भनाइ छ । साना ढुङ्गा, गिट्टी, बालुवा सहजै पन्छाउन सकिने भए पनि ठूला ढुङ्गालाई ब्रेकरले फोरेर पन्छाउनुपर्ने हुन्छ ।

सो सडकको चार किलोमा सोमबार बिहान खसेको पहिरो पन्छाएर मङ्गलबार दिउँसो ४ः३० बजे सडक एकतर्फी खोलिएको थियो । त्यसै राति ८ः४५ बजे १६ किलोमा ठूला चट्टानसहित पहिरो खसेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com