बेलायतमा बनाएको कोरोनाबिरुद्धको भ्याक्सिनको परीक्षण एक हजार ७७ मा सफल


प्रकाशित मिति : श्रावण ५, २०७७ सोमबार

ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोनाभाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने पुष्टी भएको छ । फार्मास्युटिकल्स कम्पनी आष्ट्राजेनेकाले उत्पादन गरेको भ्याक्सिनको प्रारम्भिक चरणको परीक्षण सफल भएको सोमबार प्रकाशित रिपोर्टमा जनाइएको छ ।

१८ देखि ५५ बर्ष उमेर समुहका एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरूको शरीरले कोरोनाभाइरसविरुद्ध लड्न सक्ने एन्टीबडी र टिसेलहरू बनाउन सकेको थियो।

यी परिणामहरू एकदमै सकारात्मक छन् तर कोरोनाभाइरसको सङ्क्रमणविरुद्ध सुरक्षा प्रदान गर्न यो पर्याप्त छ कि छैन भनेर थाहा पाउन समय अझै पुगेको छैन। यूकेले उक्त खोपको १० करोड मात्रा पहिले नै हासिल गर्न माग गरिसकेको छ।

रिपोर्टको पूर्ण पाठ

यो खोप चिम्पान्जीहरूमा रूघाखोकी लाग्नमा जिम्मेवार एक भाइरसलाई आनुवंशिक सुधार गरेर तयार गरिएको हो। उक्त भाइरसलाई यसरी सुधार गरिएको छ कि यस्ले मानिसमा सङ्क्रमण फैलाउन सक्दैन र यसलाई कोरोनाभाइरस जस्तै प्रकृतिको देखिनेगरी बनाइएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यो खोप सुरक्षित रहेको तर त्यसका केही सामान्य प्रकारका साइड इफेक्ट रहेको जनाइएको छ । त्यस्ता असरहरू खतरनाक भने छैनन्। तर परीक्षणमा सहभागी ७० प्रतिशत मानिसमा ज्वरो र टाउको दुख्ने लक्षण देखिएका थिए। त्यसलाई प्यारासिटामोल खाएर नै ठीक गर्न सकिने अनुसन्धानकर्ताहरूले बताएका छन्।

विश्वभर अहिले झण्डै २ दर्जन कोरोनाका भ्याक्सिनहरु निर्माण भइरहेका छन् । तीमध्ये बेलायतको अष्ट्राजेनेका कम्पनीले निर्माण गरेको भ्याक्सिन तथा अमेरिका र जर्मनीको कम्पनी मिलेर बनाइरहेका भ्याक्सिनले सकारात्मक परिणाम दिएका छन् । अमेरिकाको मोडेर्ना कम्पनीले बनाएको भ्याक्सिन पनि अग्रपंक्तिमा नै रहेको छ । यसैबीच चीन र रुसमा पनि भ्याक्सिनका परीक्षणका खबरहरु आएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com