विदेशबाट आउनेलाई पीसीआर अनिवार्य


प्रकाशित मिति : श्रावण ४, २०७७ आईतबार

सरकारले विदेशबाट आउनेलाई पीसीआर परीक्षण गरेपछि मात्र घर जान दिने भएको छ । यसका लागि हवाई मार्गबाट आउनेहरू ५ दिन होल्डिङ सेन्टरमा बस्नैपर्ने भएको छ । विदेशवाट हवाई मार्ग भएर आउनेहरू पहुँचका आधारमा एयरपोर्टबाट सोझै घर जाने तथा होल्डिङ सेन्टरमा लापरबाही गर्ने गरेको गुनासो आएपछि पीसीआर परीक्षणमा कडाइ गरिएको हो ।

स्वास्थ्य मन्त्रालयको आइतबारको उच्चस्तरीय बैठकले गरेको निर्णयअनुसार विदेशवाट हवाई मार्गमार्फत आउने सबैलाई होल्डिङ सेन्टरमा ५ दिन राखेर पीसीआर परीक्षण गरेपछि मात्र सम्बन्धित स्थानीय तहमा पठाइनेछ । विदेशबाट स्थलमार्गबाट आउनेहरूसमेत पीसीआर परीक्षण गरेर मात्र सम्बन्धित ठाउँमा जान पाउने छन् । स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले कोभिड संक्रमितको सम्पर्कमा आएका, स्वास्थ्यकर्मी, अत्यावश्यक सेवाकर्मीको समेत परीक्षण गर्ने निर्णय गरिएको जानकारी दिए । ‘चिकित्सकको सल्लाहअनुसार अरूको पनि परीक्षण गर्ने निर्णय भएको छ,’ उनले भने ।

विज्ञहरूले विदेशबाट आउने सबैको पीसीआर गरेपछि मात्र घर पठाउनुपर्ने आवश्यकता बारम्बार औंल्याउँदै आए पनि सरकारले खासै वास्ता गरेको थिएन । ‘स्वास्थ्य मन्त्रालयले विदेशबाट आउने सबैको पीसीआर गर्ने निर्णय गर्नमा धेरै ढिलो गर्‍यो,’ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले भने, ‘कोरोनाको हटस्पट अमेरिका र बेलायतबाट आएकालाई समेत सोझै घर जान दिइएको थियो ।’

अमेरिकाबाट आएका ४ सय २३ जनामध्ये ५ प्रतिशत (२१ जना) होटल क्वारेन्टाइनमा र अन्य होम क्वारेन्टाइनमा बसेका थिए । अमेरिकाबाट आएका ८३ प्रतिशत व्यक्ति काठमाडौंमै रहेको डा. बीसी बताउँछन् । यस्तै बेलायतबाट आएका २ सय २९ जनामध्ये ६७ जना प्रदेश गए भने बाँकी काठमाडौंमै बसे । डा. बीसीका अनुसार शनिबारसम्म २५ देशबाट ३० हजार ९ सय ४० जना नेपाली १ सय ९९ उडानबाट मुलुक भित्रिएका छन् । यसमध्ये २५ प्रतिशत काठमाडौंमै बसे भने ७५ प्रतिशत उपत्यका बाहिर गए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विदेशबाट आउनेहरूमा ३.६ प्रतिशत मात्र होटल क्वारेन्टाइनमा गएका थिए भने बाँकी होम क्वारेन्टाइनलगायतका ठाउँमा बसेका थिए । डा. बीसीले कोरोनाको हटस्पट मुलुकबाट आइसकेकाहरूमा कोरोनाको स्थिति निगरानी गर्नुपर्ने बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com