नेपाली वृत्तचित्र ‘सहायक श्रीमान’ रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

बहुपति प्रथाका बारेमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हसबेन्ड) रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । उक्त महोत्सव भदौ ११ देखि १३ गते (अगष्ट २७ देखि २९) सम्म हुने जनाइएको छ ।
विश्वमा महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणको कारण नेपाली चलचित्र तथा वृत्तचित्रको अन्तराष्ट्रिय प्रदर्शनको यात्रा रोकिएको थियो । निर्देशक गणेश पाण्डेका भन्नुहुन्छ, ‘कोरोनाका कारण विभिन्न देशका चलचित्र महोत्सव स्थगित भएका धेरै चलचित्रहरूको यात्रा रोकिएको थियो । अब विस्तारै विभिन्न महोत्सव आयोजना हुँदै छन् । आशा छ, नेपाली चलचित्रले पनि स्थान पाउँछ होला ।’

बहुपति प्रथामा आधारित ३५ मिनेटको वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका केही हिमाली जिल्लामा विद्यमान छ ।

सोही विषयलाई निर्देशक पाण्डेले दर्शकसामू प्रस्तुत गर्नुभएको छ । उहाँले हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन रहेको बताउनुभयो । ‘उनीहरू माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन्,’ निर्देशक पाण्डेले थप्नुभयो, ‘जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथालाई वृत्तचित्रमा उठाएको छु ।’

‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाउनुभएको निर्देशक पाण्डेले करिब चार वर्षको छायाङ्कन र अनुसन्धानबाट सहायक श्रीमान निर्माण गर्नुभएको हो ।साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गर्नुभएको वृत्तचित्रलाई ईश्वर कोइराला, चन्द्रमान डङ्गोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले छायाङकन गर्नुभएको हो । जुगल डङ्गोलको सङ्गीत संयोजन रहेको सो वृत्तचित्रले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डको उपाधि पनि प्राप्त गर्न सफल भइसक्यो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com