गायिका तथा अधिवक्ता शीतल पाण्डेले अनाथ तथा असहाय बालिकाहरुसँग आफ्नो जन्मदिन मनाएकी छिन् । परोपकारको क्षेत्रमा सधै अगाडि पाण्डे जन्मदिन मनाउने नाममा अन्यत्र खर्च गर्नुभन्दा थोरै भएपनि बालिकाहरुको शिक्षा र पालनपालनमा सहयोग हुने भन्दै शिव श्री बाल उद्यानमा जन्मदिन मनाएकी हुन् । यो आश्रममा २८ जना बालिकाहरुले आश्रय लिएका छन् ।
पाण्डे आश्रममा जन्मदिनको खुशी साट्न बालिकाहरुको लागि आर्थिक र खाद्यन्न बोकेर पुगेकी थिइन् । यो आश्रम काठमाण्डौँ कपनमा रहेको छ । पाण्डेले अहिलेसम्म दर्जनभन्दा बढी गितहरुमा स्वर दिइसकेकी छिन् । पाण्डेका स्वरमा रहेको पछिल्लो राष्ट्रभक्तिपूर्ण गीतले कान्तिपुर अवार्ड समेत जितेको थियो ।
पाण्डेले आर्थिक अवस्था कमजोर भएका पिडित महिलाको लागि निशुल्क रुपमा वकालत गर्दै आएकी छिन् । साथै महिला अधिकारका लागि निरन्तर रुपमा कलम चलाउँदै आएकी छिन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।