प्रधानमन्त्रीलाई पत्र : ‘पार्टी जोगाउन गुटका हस्तीको हैन पार्टीका हस्तीको कुरा सुन्नुस्’


प्रकाशित मिति : असार २०, २०७७ शनिबार

– राधाकृष्ण देउजा

सम्माननीय प्रधानमन्त्री एवं आदरणीय नेता केपी ओलीज्यु
सादर अभिवादन,

आज नेपालमा सुर्योदय हुँदै गर्दा सुर्य चिन्ह भएको पार्टी नेकपाका हरेक कार्यकर्ता आफ्नो सुर्यमा कोलो वादल पो लाग्ने हो कि भन्ने चिन्ताले ग्रस्त भएर अनिदो अनुहार पखाल्दै होलान भन्ने सत्य यहाँ जत्तिको नेतालाइ पक्कै थाहा छ अनि यो पनि पक्कै थाहा छ कि किन आज नेकपाका तमाम नेता कार्यकर्ता चिन्तित छन भन्ने । हो, ठ्याक्कै भन्नु पर्दा उनीहरु यहाँ समेत अध्यक्ष रहनु भएको विशाल नेकपा फुटने हो कि भन्दै आइरहेको हल्लाले चिन्तित छन ।

ति तमाम चिन्ता गर्नेहरु आन्तरिक रुपमा पार्टीका अनेकन नेताहरुको निकट होलान तर उनीहरु सबै यहाँको नेतृत्वको सरकारले देशको भुमि फिर्ता गराउने अभियानका समर्थकपनि  हुन । त्यती मात्रै हैन उनीहरु  यहाँको नेतृत्वको सरकारले देखाएका सम्वृद्धिको सपना साकार हुने विश्वास लिएर निर्वाचनमा पार्टी जिताउने र स्थायीत्वको खातिर सरकार टिकाउन लागि पर्नेहरु पनि हुन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस अर्थमा भन्दा उनीहरु ओली , दाहाल , नेपाल , खनाल वा अरु कोहि अमुक नेता विशेषको  हित भन्दा समग्रमा नेकपाको र त्यस मार्फत नेपालको हित चाहनेहरु हुन र उनीहरुको ठहर छ कि विभाजन हैन एकता अहिलेको आवश्यकता हो , एक अर्काको अपमान हैन सवैको सम्मान अहिलेको आवश्यकता हो । तर स्थायी समितिको वैठक प्रारम्भ भएपश्चात नेकपाको नेतृत्व तहमा देखिएको विवादहरुको शृंखलाले एकता भन्दा विभजन तर्फ जाने संकेत गरेपछि त्यो पङ्क्ति चिन्तित छ ।

इतिहासमा थुप्रै विभाजन र त्यसको पिडा भोग्नु भएको यहाँकै कार्यकर्ता रहेका थुप्रै अनि पछिल्लो एकता पश्चात यहाँको कार्यकर्ता बन्न पुग्ने सवै पनि विभाजनको हल्लाहरुले दुखित र चिन्तित छन, उनीहरु चाहन्छन कि पार्टी बिभाजन हैन भावनात्मक एकताको मार्गमा  अगाडी बढोस र उनीहरु आफुले जीवनभर आदर गरेका यहाँ अनि यहाँका सहयोद्धा  सहकर्मीहरु प्रति आशातित नजरले हेरिरहेका छन ।

हुन त बजारमा आएका हल्लाहरुलाइ मान्ने हो भने विभाजन गर्ने तयारीमा यहाँ लाग्नु भएको छ तर कार्यकर्ता त्यो मान्न तयार देखिदैनन, उनीहरु ठान्छन केपी ओलीले एकता जान्नु भएको छ विभाजन जान्नु भएको छैन । तर त्यो विश्वास केवल यहाँ प्रतिको हो , यहाँको नाम भजाएर राजनतिक पसल जोगाउने गुटका धेरै शिखण्डीहरुको त औकात त उनीहरुले सामाजिक संजालमा लामो त्याग र वलिदानको  इतिहास भएका नेताहरुको मान मर्दनमा खर्चिएका शव्दहरुबाट नै प्रष्ट भएको छ ।

अहिले नेकपाको एकता कायम होस, हुनुपर्छ र हुनसक्छ भन्ने ठान्ने नेकपाका अधिकाँश नेता कार्यकर्ताहरुको भावनाको कदर यहाँले गर्नु हुनेछ भन्ने आशा एवं विश्वास छ । नेकपाका तमाम कार्यकर्ताहरुको आशा एवं भरोसाका दियोहरुलाइ निभाउन अनेकन वाह्य र आन्तरिक गुटका महारथीहरु सक्रिय भएकै अवस्थामा पार्टीको अध्यक्ष एवं प्रधानमन्त्री रहनु भएको हिसावले तपाईंले निम्न कामहरु गर्नु हुने हो भने विभाजनको हल्ला फिक्का हुने , एकताको आशारुपी दियो चम्किलो हुने  र एउटा नया विहानी तर्फको यात्रा सुरु हुनेछ :

१. आजको नेकपा बन्नुमा थुप्रैको रगत पसिना अनि सुख सयलको वलिदानले भूमिका खेलेको छ , त्यस इतिहासको अवमुल्यन गर्दै वर्तमाननै मात्रै सत्य हो भन्दै विगतको त्याग , वलिदान अनि सम्मान योग्य नेतृत्वको स्मरण नगर्ने काम बन्द गर्नुपर्छ । त्यस्को प्रारम्भ गर्न दुइटा कुरा हुनुपर्छ ; पहिलो दुइटा पार्टी मिलेर एक पार्टी भएपछि एमाले र माओवादी भन्ने नजरले हेर्ने काम बन्द गर्नु पर्छ , दोश्रो हिजो गाउँ गाउँमा जारी युद्धको प्रभाव अनि शहरी निरंकुशताको विचमा पार्टी जोगाउने नेताको मान मर्दन गर्ने काम पनि बन्द हुनुपर्छ ।

कमसेकम यहाँले इतिहासको कठिन समयमा पार्टी जोगाउने नेताको मान मर्दन गर्नेहरुको हुर्मत लिनुपर्छ भने एमाले र माओवादी मिलेर नेकपा बनिसके पछि पार्टी अध्यक्ष अनि अन्य जिम्मेवारीमा रहेका नेताहरुलाइ पुर्व माओवादीकै नाम दिने मात्रै हैन “ जंगली” जस्ता शव्दहरुको प्रयोग गर्नेहरुको झ्याँको झार्नु पर्छ ।

२. सरकार संचालन देखि पार्टी संचालन सम्म सल्लाह गरिएन एकलौटी गरियो भन्ने आरोप यहाँलाइ लाग्ने गरेको छ । हुन त यहाँको निम्ती त्यसो गर्न पर्ने कुनै कारण देखिदैन तर पनि विभिन्न नियुक्तीहरु हेर्दा चाहिं पार्टीका कथित गुटगत संलग्नता त्यसका आधारहरु हुने गरेको देखिएका छन । यस्तो कुराहरु चाहिं सच्याउन जरुरि छ र यहाँलाइ कोहि कसैको हित गर्नु छैन भने हरेक राजनीतिक नियुक्ती गर्दा पार्टीको सचिवालयमा छलफल गरेर  निर्णय लिने के कुराले वाधा पार्छ र ? तसर्थ आफ्ना सहकर्मी नेताहरुलाइ बोलाएर सरकारको संचालन राय परामर्शमै गरिने निष्कर्ष सुनाइदिनुस ।

३. सरकारको निर्णय मार्फत आफ्नो हित खोज्ने समुहले पार्टी नेताहरुको विचमा फाटो ल्याउने  काम गरिरहेको छ भन्ने बुझ्न गार्हो छैन । त्यसै अनुसार कहिले सरकारले यस्तो वा त्यस्तो अध्यादेश ल्याउँदैछ भन्ने हल्ला चलाइन्छ , कहिले प्रधानमन्त्रीको सिफारिशमा नेकपाका शीर्ष नेताहरुलाइ अनेकन आरोपमा जेल हालिन्छ भन्ने हल्ला चलाइन्छ अनि कहिले प्रधानमन्त्री विरुद्ध अविश्वासको  प्रस्ताव ल्याइने त कहिले राष्ट्रपति विरुद्ध महाभियोग प्रस्ताव ल्याइन लागेको भन्दै सनसनीपूर्ण हल्ला चलाइन्छ ।

हल्ला चलाउनेहरुको त मक्सद छ हल्ला चलाए , आफ्नो काम गरे तर त्यसलाइ पत्याएर आफ्नै सहयोद्धा र  सहकर्मीहरुलाइ शंका गर्ने काम किन गर्नु पर्यो ? सवैलाइ एकैसाथ् बोलाएर यो हल्ला के हो ? भनेर सोध्न किन सकिन्न ? प्रधानमन्त्रीज्यु तपाईंले सक्नु हुन्छ र सक्नुपर्छ । त्यसको लागि दलाल, विचौलिया र गुटका महारथी भन्दा दशकौं देखिका सहयात्री समकालीन नेताहरुको कुरा सुन्न प्रतिवद्ध हुनुपर्छ ।

४. सवै भन्दा महत्वपूर्ण र अहिलेको विवादको मूल चुरो चाहिं पार्टी र सरकार संचालनका सम्वन्धमा आलोचनात्मक रुपमा कुरा गर्ने आफ्नै पार्टीका सहकर्मी नेताहरु तर्फ संकेत गर्दै वहाँहरु भारतको इशारामा आफुलाइ हटाउन लागेको अभिव्यक्ति स्वयम यहाँबाट आउनु हो भन्ने सत्य चाहिं दुखका साथ लेख्नै पर्छ  ।

भारतले लामो समय देखि अतिक्रमित भुमि फिर्ता दिनुको साटो त्यस भुमिलाइ आफ्नो नक्सामा राख्दै त्यहाँबाट  सडक बनाउनेसम्मको काम गरिसके पछि नेपालले आफ्नो भुमि समेटेर नक्सा बनाउने देखि नया नक्सा समेटेर संविधान र निशान छाप बनाउने काम यहाँको नेतृत्व रहेको समयमा सम्पन्न हुनुले गर्दा भारतले वर्तमान सरकार  हटाउन कोशिस नगर्ने कुरै भएन तर त्यसो भन्दैमा यहाँको हरेक निर्णयमा यहाँको साथ खडा रहेका सहकर्मीहरुले भारतीय षड्यन्त्रको गोटी बनेर यहाँको विरुद्ध लाग्छन भन्ने संकेत सहितको निष्कर्ष अनि त्यसलाइ सार्वजनिक गर्ने स्थान यहाँलाइ सुहाउने काम थिएन ।

त्यही अभिव्यक्ती पश्चात नै पार्टी भित्र यहाँको राजीनामाको विषयले प्रवेश पाएको सत्य हो । त्यही अभिव्यक्ती , अनि त्यसैलाइ आधार बनाएर सामाजिक संजालहरुमा सुरु गरिएको गाली गलौजले अवस्था विगार्दै लगेको सत्य स्वीकार्दै  तत्काल भारतीय आशंकित  षड्यन्त्रको गोटीको रुपमा प्रयोग हुने नेताहरु भनेर आफ्नो समकक्षि , सहकर्मीहरुलाइ संकेत नगरिएको स्पष्ट पार्दै भारतीय विस्तारवादको कोशिसको विरुद्ध उभिन आफुलाइ अर्का अध्यक्ष प्रचण्ड , माधव नेपाल , झलनाथ खनाल लगायत नेताहरुले दिएको साथ र प्रेरणाको निम्ती वहाँहरुलाइ धन्यवाद दिनुपर्छ ।

अत; विभाजननै अवश्य छ एकता असम्भव छ भन्ने हल्लाहरुको विचमा पनि एकतानै चाहिं हुन्छ र हुनुपर्छ भन्ने ठानेर उल्लेखित कुरा राखियो । आशा छ गुटमा रहेर फुटको खेति गर्न चाहने सिमित भन्दा एकता चाहने असिमितहरुको भावनाको कदर हुनेछ र त्यसको निम्ती आदरणीय नेता एवं सम्माननीय प्रधानमन्त्री केपी ओलीले अग्रसरता लिनु हुनेछ ।

यो आशाको एक मात्रै आधार भनेको सहमति , सहकार्यको पक्षमा केपी ओली सहितको नेताहरु प्रतिवद्ध रहेको बुझेको अनि संवाद मार्फत नेताहरुले आफ्नो प्रतिवद्धतालाइ व्यवहारमा उतार्न असम्भव नरहेको बुझेकोले हो ।

अन्तिममा फेरी लेख्न चाहन्छु “ प्रधानमन्त्रीज्यु  गुटका हस्तीको हैन पार्टीका हस्तीहरुको कुरा सुन्नुस पद मात्रै हैन पार्टी पनि जोगिन्छ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com