पेचेक प्रोटेक्सन ऋणको डेडलाइन समाप्त, खर्च भएन १३० बिलियन डलर


प्रकाशित मिति : असार १६, २०७७ मंगलबार

पेचेक प्रोटेक्सन ऋणको डेडलाइन आज समाप्त भएको छ । आजबाट अमेरिकाको साना व्यापार प्रशासनले पीपीपी ऋण स्वीकृत नगर्ने भएको छ । यद्यपी पीपीपीका लागि छुट्याएको झण्डै १३० बिलियन डलर भने अझै बाँकी रहेको छ ।

एसबीएले ४८ लाख विजनेशलाई झण्डै ५१९ बिलियन डलर ऋण स्वीकृत गरिसकेको छ । न्युयोर्कमामात्र ३ लाख १६ हजार ८ सय १४ विजनेशले ३८ बिलियन डलर पीपीपी ऋण लिएका छन् ।

यसैबीच अमेरिकी सरकारले कोरोनाको महामारीमा पेचेक प्रोटेक्सन प्रोग्राम अन्तरगत ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक गर्ने जनाएको छ । साना ब्यापार प्रशासन एसबीए र ट्रेजरी डिपार्टमेन्टले पीपीपी ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक गर्ने घोषणा गरेका हुन् ।

तर एकलाख ५० हजार डलरभन्दा बढी ऋण लिने विजनेशहरुको नाम र विवरणमात्र सार्वजनिक गरिने भएको छ । डेढलाख डलरभन्दा कम ऋण लिने विजनेशको नाम भने सार्वजनिक नगरिने तर कस्ता प्रकारका विजनेशहरुले कुल कति ऋण लिए भन्ने तथ्यांक भने सार्वजनिक गरिनेछ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसअगाडि पीपीपी अन्तरगत ऋण लिने विजनेशहरुको विवरण सार्वजनिक नगरिने बताइएको थियो । सिनेटको सुनुवाईमा ट्रेजरी सेक्रेटरीले विजनेशहरुको स्वामित्वका रुपमा उनीहरुले लिएको पीपीपी ऋण सार्वजनिक नगरिने बताएका थिए ।

पीपीपी ऋण ६० प्रतिशतभन्दा बढी पेचेकमा प्रयोग गरेमा मिनाहा गर्ने प्रावधान सरकारले ल्याएको छ । विगतको तुलनामा खर्च प्रावधानमा लचकता अपनाइएको हो । विगतमा ८ हप्ताभित्र खर्च गर्नुपर्ने प्रावधानलाई बढाएर २४ हप्ता बनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com