चिनियाँ कम्पनीले भन्‍यो – कोरोनाविरुद्धको खोप विकासमा सकारात्मक नतिजा


प्रकाशित मिति : असार १४, २०७७ आईतबार

नोभेल कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको चिनियाँ नेसनल फार्मासिटकल ग्रुप (सिनोफार्म) बाट सम्बोधन प्राप्त इन्स्टिच्युट अफ बाइलोजिकल प्रोडकले खोप विकासमा सकारात्मक नतिजा प्राप्त भएको आइतबार घोषणा गरेको छ ।

कोरोना संक्रमितको संख्या विश्वव्यापीरुपमा एक करोड पार गरेपछि चिनियाँ समयानुसार आइतबार बेलुका ६:३० बजे खोप विकासको पछिल्लो अपडेट सार्वजनिक गरिएको हो ।

यसअघि १६ जुनमा सिनोफार्मले कोरोना निस्क्रिय पार्ने पहिलो खोप विकास भएको दाबी गरेको थियो । कोभिड-१९ इनएक्टिभेटेड खोपको पहिलो र दास्रो चरणको क्लिनिकल परीक्षणको नतिजा सकारात्मक आएको बताएको थियो ।

२३ जुनमा सिनोफार्मले संयुक्त अरब इमिरेट्‍ससँग मिलेर तेस्रो चरणको परीक्षणका लागि तयार रहेको घोषणा गरेको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना निस्क्रिय पार्ने चारमध्ये तीन खोप चीनमा विकास भइरहेका छन् । यससँगै उक्त खोपको क्लिनिकल परीक्षणको पहिलो दुई चरणहरूमा गम्भीर प्रतिकूल प्रभावको कुनै केस नदेखाएकोसमेत जनाइएको छ ।

यस खोपले रोग प्रतिरोधात्मक क्षमता बढाउन सक्ने दाबी गरिएको छ । १८ देखि ५९ वर्ष उमेर समूहका एक हजार १२० स्वयंसेवकमा गरिएको यस खोपको परीक्षणमा उनीहरुमा कुनै दुष्प्रभाव नदेखिएको र एन्टिबडीलाई निस्क्रिय पारेको जनाइएको छ ।

सिनोफार्मले जारी गरेको विज्ञप्ति भनिएको छ, “कोरोना भाइरविरुद्धको अहिलेसम्मकै यो बृहत् र प्रभावकारी क्लिनिकल अध्ययन हो ।”

गत अप्रिल १२ मा यस इनएक्टिभेटेड भ्याक्सिनले पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणका लागि अनुमति पाएको थियो । यससँगै सिनोफार्मले तेस्रो चरणको क्लिनिकल परीक्षणका लागि मुलुकबाहिरका खोप उत्पादकहरु र अनुसन्धानकर्ताहरुसँग सहकार्य गर्ने जनाइएको छ ।

सिनोफार्मले आपतकालीन आवश्यकतामा प्रयोगका लागि कोरोनाविरुद्धको खोप उत्पादनका उच्चस्तरीय जैविक-सुरक्षायुक्त प्रयोगशालामा स्थापना गरिसकेको  छ ।

चीनले विभिन्‍न पाँच समूहमा कोरोनाविरुद्धको खोप विकास गरिरहेको छ । जसमा कोरोना निस्क्रिय खोप, प्रोटिन पुन:संयोजन गर्ने खोप, इन्फ्लुएन्जा निर्मुल पार्ने खोप, एडेनोभाइरस खोप र न्युक्लिक एसिडमा आधारित खोपको विकास गरिरहेको छ । – ग्लोबल टाइम्स

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com