मनपरी औषधि सेवन गर्दा ज्यान जोखिममा


प्रकाशित मिति : असार १३, २०७७ शनिबार

बाजुराको बूढीगङ्गा नगरपालिका– ४ बानेगाँउ बस्ने दीपा लुवार स्थानीय मेडिकलको औषधि सेवन गर्दा जोखिमा परेकी छिन् । परामर्श नलिइकन निजी मेडिकलबाट गर्भपतनको औषधि खाएकाले उनको ज्यान जोखिममा परेको हो । हाल उहाँ अछामको बयलपाटा अस्पतालमा जीवन मरणको दोसाधमा छटपटाइहेकी छिन् ।

दीपाले बुधबार स्थानीय मेडिकलबाट गर्भ तुहाउने औषधि लिएर घरमै खाएकी थिइन् । खाएको केही समयमै उनको अत्यधिक रक्तश्राव भएको थियो । अवस्था गम्भीर हुँदै गएपछि उनी टाँटे स्वास्थ्यचौकीमा उपचार गराउन आएको र त्यो समयसम्म उनलाई अत्यधिक रक्तश्राव भएका कारणले त्यहाँ उपचार सम्भव नभएपछि अछामको बयालपाटा अस्पताल लगिएको बूढीगङ्गा नगरपालिका स्वास्थ्य संयोजक दीपक शाहले जानकारी दिए । अहिले उनको अछामको बयलपाटा अस्पतालमा उपचार भइरहेको परिवारका सदस्यले बताएका छन् । उनलाई चार पिन्ट रगत दिइएको अस्पतालले जनाएको छ । औषधि सेवनपछि अत्यधिक रक्तश्राव भएका कारण उनमा अहिले रक्तअल्पता भएका कारण ज्यान निकै जोखिममा रहेको स्वास्थ्यकर्मीले बताएका छन् ।

गर्भपतन वा सुत्केरी महिलामा हेमोग्लोबिनको मात्रा घटेमा ज्यान जोखिम हुने स्वास्थ्यकर्मीको भनाइ छ । दीपाले औषधि किनेको टाँटे स्वास्थ्यचौकीसँगै जोडिएको एक मेडिकलबाट किनेर खाएको बुझिएको छ । तर, त्यही टाँटे स्वास्थ्यचौकी सुरक्षित गर्भपतन सेवाका लागि सूचीकृत भएको छ । उनलाई त्यो जानकारी हुँदाहुँदै पनि मेडिकलबाटै औषधि किनेर खाएको एक स्वास्थ्यकर्मीले बताएका छन् । दीपाजस्तै बाजुरामा धेरै महिला यसरी गैरकानूनी रुपमा गर्भपतन गरिरहेका छन् । सुरक्षित गर्भपतन गर्नका लागि सरकारले कानूनी व्यवस्था गरेको भए पनि बाजुरामा भने त्यसको खासै प्रयोग नभएको पाइएको छ । अनुमति नलिएका पसलबाट गर्भपतन गराउने धन्दा बढ्दै गएको छ । जसका कारण महिलाको स्वास्थ्य जोखिम बन्दै गएको सुरक्षित गर्भपतन सेवाका कार्यक्रम संयोजक सरिता थापाले बताइन् ।

गर्भपतन गराउन नर्स, डाक्टरले तालीम लिएको हुनुपर्छ । त्यसैगरी गर्भपतन गराउने स्वास्थ्य संस्था पनि सूचीकृत भएको हुनुपर्छ तर त्यो नभई मनोमानी रुपमा गर्भपतन भइरहेको जिल्ला अस्पताल बाजुराकी स्टाफ नर्स धर्मा रोकायाले बताइन् । कानुनमा १२ हप्तासम्मको मात्रै गर्भपतन गराउन पाइन्छ ।  ‘सुरक्षित गर्भपतन सेवा विस्तार रणनीतिक तथा कार्य सञ्चालन सेवा निर्देशिका २०६६’ अनुसार स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाबाट गर्भपतन सेवा प्रदान गर्ने व्यक्ति र संस्था दुवैले प्रमाणपत्र लिएका हुनुपर्छ तर गाउँमा खोलिएका औषधि पसलबाट अदक्ष जनशक्तिका भरमा गर्भपतन गराउने काम भइरहेको छ । रासस

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com