अमेरिकन सीडीसीले थप्यो कोरोनाका तीन लक्षण, कुल लक्षण १२


प्रकाशित मिति : असार ११, २०७७ बिहीबार

अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम केन्द्र सीडीसीले कोरोनाभाइरस संक्रमणका तीनवटा नयाँ लक्षणहरु सुचीमा थपेको छ । नाकमा सिगान जम्ने वा रुघा लाग्ने, वाकवाकी लाग्ने र पखाला लाग्ने लक्षणलाई पनि सीडीसीले कोरोना संक्रमणका लक्षणमा थपेको छ ।

सीडीसीले यस अगाडि ज्वरो आउने, जाडो हुने, खोकी लाग्ने, लामोसमय स्वास रोक्न नसक्ने, स्वास फेर्न गाह्रो हुने, थकान महसुस हुने, मांसपेशी र शरिर दुख्ने, टाउको दुख्ने, स्वाद र गन्धको क्षमता गुमाउने र घाँटी दुख्नेलाई कोरोना संक्रमणको लक्षणमा राखेको थियो । अहिले तीनवटा लक्षण थपिएपनि यो सुचीले सबै सम्भावित लक्षणहरु नसमेटेको सीडीसीले जनाएको छ । यो सुची निरन्तर अपडेट गरिने जनाइएको छ ।

सीडीसीले तीनवटा लक्षणहरु चुपचाप थपेको हो । गत अप्रिलमा ६ वटा लक्षणहरु थपिएको थियो । त्यतीबेला जाडोले कम्पन हुने, मांसपेशी दुख्ने, टाउको दुख्ने, घाँटी दुख्ने र स्वाद तथा गन्धको क्षमता गुम्ने लक्षणहरु सीडीसीले थपेको थियो ।

सुरुमा कोरोनाको महामारी फैलिंदा ज्वरो, खोकी र स्वासफेर्न गाह्रो हुनेलाई कोरोना संक्रमणको लक्षणका रुपमा सुचिकृत गरिएको थियो । अब कोरोना संक्रमणका लक्षणहरु १२ पुगेका छन् । तर यी लक्षणहरु कसैमा सामान्य र कसैमा एकदमै कडा देखिने जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना संक्रमण भएको दुईदेखि १४ दिनभित्र यस्ता लक्षणहरु देखिने जनाइएको छ । मुटु वा फोक्सोको रोग भएका वा मधुमेह भएका बढी उमेरका व्यक्तिमा कोरोनाका लक्षणहरु कडारुपमा देखिने र उनीहरुको स्वास्थ्य अवस्था जटिल बन्दै जाने सीडीसीले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com