अष्ट्रेलियाबाट स्वदेशको फ्लाईट, सिड्नी भरिभराउ, मेलबर्नमा टिकट काट्ने आज अन्तिम दिन


प्रकाशित मिति : असार ८, २०७७ सोमबार

सिड्नीबाट मंगलबार काठमाडौं जाने विमानमार्फत २ सय ५७ यात्रु फर्किने तय भएको छ । सम्पूर्ण प्राविधिक प्रक्रिया पूरा गरी यात्रुहरु तयारी अवस्थामा छन् भने आज नै विमान काठमाडौंबाट सिड्नीका लागि उड्नेछ । यस्तै आगामी २७ तारिख मेलबर्नबाट उड्ने नेपाल एयरलाईन्सको विमानका लागि टिकट काट्ने आज अन्तिम दिन हो । सिड्नीको फ्लाईटमा जान नसकेका, मेलबर्न या आसपास रहेका नेपाली नागरिकहरुले यो फ्लाईटको टिकट काटिरहेको दूतावासले जनाएको छ । “अधिकांश टिकट कन्फर्म भइसक्यो । आज भुक्तानी गर्ने अन्तिम दिन भएको कारण आज साँझ सम्ममा यात्रुहरुको नामावली तयार भइसक्नेछ ।” यो उडानमार्फत पनि २ सय ५७ नेपाली यात्रु स्वदेश फर्कनेछन् । नेपाल र अष्ट्रेलियाको हवाई उड्डयन प्राधिकरणमा उडानको कम्तिमा ७२ घण्टा अघि यात्रुको सम्पूर्ण विवरण दिइसक्नुपर्ने प्रावधान छ ।

सबैजना होम क्वारेन्टाईनमा नै जानुहुन्छ भन्ने कुरा सत्य होइन । नेपालमा पुगेपछि गरिने स्वास्थ्य परीक्षणमा उहाँहरु स्वस्थ हुनुहुन्छ भन्ने प्रमाणित भएमा मात्र यस्तो सुविधा मिल्नेछ ।

न्यूसाउथवेल्सका लागि नेपाली महावाणिज्यदूत दिपक खड्काले मंगलबार स्वदेश फर्कने नेपालीहरुलाई बिदाई गर्न आफु विमानस्थलमा पुग्ने बताए । उनले भने, “मलाई आशा छ यहाँबाट नेपाल जाने सबै यात्रुले अनुशासित भएर जानुहुनेछ । आफुलाई सुरक्षित गरेर अरुलाई पनि सुरक्षित बनाउने यो अभियानमा उहाँहरुको योगदान आशा गरिएको छ ।” विमान अष्ट्रेलियाको समय अनुसार दिउँसो १ बजे नेपालका लागि उड्नेछ ।

भिक्टोरियाका लागि नेपाली अवैतनिक महावाणिज्यदूत चन्द्र योन्जनले मेलबर्न आउने २७ जुनको फ्लाईट ऐतिहासिक हुने बताए । “मेलबर्नको विमानस्थलमा पहिलो पटक नेपालको ध्वजाबाहक ल्याण्ड हुँदैछ यो ऐतिहासिक त छँदैछ । त्यसमाथि लामो समयको लकडाउनपछि यहाँबाट २ सय ५७ यात्रु स्वदेश फर्कन पाउनेछन् । कैयौं अभिभावकहरु नेपाल फर्किन पाइँदैन कि भनेर आत्तिनुभएको थियो उहाँहरु फर्कन पाउनुहुनेछ । यात्रा गर्नका लागि पीसीआर टेष्ट अनिवार्य गरिएका कारण म मेलबर्नको फ्लाईटबाट नेपाल फर्कन चाहने सबै दाजुभाई दिदीबहिनीहरुलाई यो प्रमाणपत्र बनाएर यात्रा अवधिभर आफुसँगै राख्न आग्रह गर्दछु । यस विषयमा हामीले सम्पूर्ण जानकारी महावाणिज्यदूतको वेवसाईटमा पनि राखेका छौं ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

होम क्वारेन्टाईनमा बस्ने सम्भावना

यता मंगलबार सिड्नीबाट मलेसिया हुँदै काठमाडौं जाने यात्रुहरुले अनिवार्य पीसिआर टेष्ट गरेका कारण काठमाडौंमा उत्रिएपछि उनीहरुको स्वास्थ्य परीक्षण पश्चात अवस्था हेरी होम क्वारेन्टाईनमा समेत पठाउन सकिने अष्ट्रेलियाका लागि नेपाली राजदूत महेश दाहालले बताए । उनका अनुसार अष्ट्रेलिया सुरक्षित देश भएका कारण र एक साताभन्दा कम समयकोबीच पीसीआर टेष्ट गराएका कारण उनीहरुलाई होम क्वारेन्टाईनमा नै बस्ने प्रबन्ध मिलाइएको हो । उनले भने, “तर, सबैजना होम क्वारेन्टाईनमा नै जानुहुन्छ भन्ने कुरा सत्य होइन । नेपालमा पुगेपछि गरिने स्वास्थ्य परीक्षणमा उहाँहरु स्वस्थ हुनुहुन्छ भन्ने प्रमाणित भएमा मात्र यस्तो सुविधा मिल्नेछ । अन्यथा सरकारले तोकेको ठाउँमा नै १४ दिनसम्म क्वारेन्टाईनमा बस्नुपर्नेछ ।”

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com