नेपालमा कोरोनाका शंकास्पद १ सय ४१ जना बिरामी उपचारमा : स्वास्थ्य मन्त्रालय


प्रकाशित मिति : बैशाख २७, २०७७ शनिबार

उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै १४१ जनाको आइसोलेनमा उपचार भइरहेको छ । मन्त्रालयले देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेको पनि जनाएको छ ।

यस्तै नेपालमा कोरोना संक्रमण देखिएका १ सय ९ जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेको शनिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । शनिबारसम्म संक्रमितको संख्या १ सय ९ पुग्दा प्रदेश नम्बर १ मा ३४ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।

उनका अनुसार प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि देवकोटाले बताए ।
हिजोमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन् । प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३ सय ९ र आरडिटी विधिबाट ५५ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेश नम्बर १ मा ७ हजार ५५, प्रदेश नम्बर २ मा ५ हजार ८ सय ९० र बागमती प्रदेशमा मा ९ हजार १ सय ५ जनाको आरडिटी परीक्षण भएको छ । यस्तै गण्डकी प्रदेशमा ६ हजार ३ सय ७७, प्रदेश नम्बर ५ मा ६ हजार ६ सय ३८, कर्णाली प्रदेशमा ६ हजार १ सय ७४ र सूदुरपश्चिममा १४ हजार ६ सय ९१ आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com