न्युयोर्कमा नेपालीको गुपचुप मृत्यु : २ साताअघि मृत्यु भएका राईको बल्ल सनाखत


प्रकाशित मिति : बैशाख ३, २०७७ बुधबार

कोरोनाको महामारी फैलिएयता न्युयोर्कमा नेपालीका गुपचुप मृत्यु भएका खबर आउन थालेका छन् । खासगरी अमेरिकामा एक्लै बस्दै आएका र समुदायसँगपनि सम्पर्कमा नरहेका  नेपालीको अस्पताल र घरमा मृत्यु भएकोमा उनीहरुको मृत्युको खबर समुदाय र परिवारसम्म आउन पनि कठिन हुने गरेको छ ।  कतिपयका सोधीखोजी गर्ने व्यक्ति समेत नहुदा अस्पतालमा नै गुपचुप मृत्यु भएका खबर आएका छन् । कतिपयको मृत्युका खबर परिवारले गोप्य राखेका छन्  ।

मार्च २७ मा न्युयोर्कको एल्महस्र्ट अस्पतालमा मृत्यु भएका एकजना नेपालीको आजमात्र सनाखत भएको छ । मार्च २७ मा एल्महस्र्ट अस्पतालमा बितेका नेपाली त्यसको केहीदिन अगाडि बिरामी भएर अस्पतालमा भर्ना भएका बिष्णु राई भएको पुष्टी भएको छ । उनको मृत्युबारे न्युयोर्कको नेपाली समुदाय अनविज्ञ रहेको थियो नेपालमा रहेका उनका परिवारले सोधीखोजी सुरु गरेका थिए ।

‘मार्च २७ मा एल्हमस्र्ट अस्पतालमा निधन भएका नेपाली बिष्णु राई भएको अस्पतालको डेथ नोटिफिकेशन विभागले पुष्टी गरेको छ । विभागका अनुशार उनको शव अहिले मेडिकल इक्जामिनरको कस्टडीमा राखिरहेको छ ।’ –  मेरिल्याण्ड राज्यको संसदमा डेलिगेट ह्यारी भण्डारीले खसोखासलाई जानकारी दिए ।

अस्पतालमा मृत्यु भएका व्यक्तिबारे नेपालबाट सोधीखोजी सुरु भएपछि ह्यारी भण्डारीलाई अस्पताल श्रोतलाई सम्पर्क गरेर बिष्णु राईको मृत्यु पुष्टी गरेका हुन् । भण्डारीले कोरोनाको महामारीपछि ज्यान गुमाएका नेपालीहरुको दाहसंस्कार लगायतका प्रकृया पनि सकृय रुपमा सहयोग गर्दै आएका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यद्यपी राईको शव अहिलेसम्म कसैले दावी नगरेका कारण ‘अन्क्लेम’ स्टाटसमा रहेको छ । न्युयोर्कमा दावी नगरिएका कैयन शव सामुहिक चिहान बनाएर दफनाउने गरिएको छ ।

यसैबीच राईको मृत्युबारे न्युयोर्कमा रहेको नेपाली कन्सुलेट र वासिंटन डिसीमा रहेको दूतावास समक्ष उनका नातीनातिनीहरुले सम्पर्क गरेको कार्यवाहक महावाणिज्यदूत पुष्पराज भट्टराईले जानकारी दिए । उनका परिवारले मृतक राईको शव नेपालमा लैजान चाहेको र त्यसको प्रकृयाबारे नेपाली नियोगसमक्ष सोधपुछ गरेको भट्टराईले जानकारी दिएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com