अमेरिकामा राहत रकम १२ सय डलर पठाउन सुरु, पहिलो चरणको डिपोजिट आज


प्रकाशित मिति : चैत्र २९, २०७६ शनिबार

आईआरएसले कोरोनाको महामारीका कारण आर्थिक राहत अन्तरगतको रकम करदाताको खातामा डिपोजिट गरेको जनाएको छ । जसअन्तरगत ७५ हजारभन्दा कम आम्दानीहुनेले १२ सय डलर प्राप्त गर्नेछन् भने १ लाख ५० हजार भन्दा कम आम्दानीहुने दम्पत्तिले २४ सय डलर प्राप्त गर्नेछन् । १७ बर्षभन्दा कम उमेरका बच्चा हुनेहरुले थप ५ सय डलर प्राप्त गर्नेछन् ।

पहिलो आर्थिक प्रभाव रकम करदाताको खातामा डिपोजिट गरिएको र बाँकी करदाताहरुलाई पनि यथाशक्य छिटो पठाइदै जाने आईआरएसले जनाएको छ । आज कतिजनाको एकाउन्टमा रकम डिपोजिट गरियो भन्नेबारे आईआरएसले केही खुलाएको छैन । तर बाँकीले पनि छिट्टै प्राप्त गर्दै जाने आईआरएसले स्पष्ट पारेको छ ।

यसैबीच अमेरिकी सरकारले कोरोना भाइरसको महामारीका कारण दिने १२ सय डलरको राहत रकम ट्याक्स फाइल नगरेकाहरुलाई समेत दिलाउनका लागि आईआरएसले नयाँ टुलको व्यवस्था गरेको छ । यो टुलको प्रयोग गरेर ट्याक्स फाइल गर्नु नपर्नेहरुले आफ्नो विवरण बुझाएर १२ सय डलरको राहत प्राप्त गर्न सक्ने भएका छन् ।

आईआरएस र फ्रि फाइल एलायन्सबीचको सहकार्यमा नयाँ टुलको विकाश गरिएको हो । यो टुल ट्याक्स फाइल गर्न नपर्ने व्यक्तिका लागि डिजाइन गरिएको हो, जसमा कम आम्दानी भएका कारण ट्याक्स फाइल नगरेकाहरुसमेत पर्छन् ।

आईआरएसका कमिश्नर चक रेटिजले ट्याक्स रिर्टन फाइल गर्न बाध्यकारी नभएकाहरुले उक्त टुलको प्रयोग गरेर आफ्नो आधारभूत जानकारी उपलब्ध गराउन सुझाव दिएका छन् । त्यसो भएमा सकभर छिटो उनीहरुलाई १२ सय डलरको चेक पठाउन सहज हुने उनको भनाई छ ।

यदि तपाईले ट्याक्स फाइल गर्नुनपर्ने कारणले विगतमा ट्याक्स फाइल गर्नुभएको थिएन भने यो टुलको प्रयोग गरेर आफ्नो विवरण आईआरएसमा उपलब्ध गराउनुहोला ।

Non-Filers: Enter Payment Info Here

आईआरएसले करदाताहरुलाई खातामा रकम पठाउन सुरु गरेको तथा सन् २०१८ र सन् २०१९ मा ट्याक्स फायल गरेका करदाताहरुले अटोमेटिक रुपमा उक्त राहत रकम प्राप्त गर्ने जनाएको छ । सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट लिइरहेकाहरुले पनि राहत रकम अटोमेटिक रुपमा पाउनेछन् ।

ट्याक्स फाइल गर्नु नपर्नेहरुले यो टुलको माध्यमबाट आफ्नो विवरण निकै सहज तरिकाले एकमिनेटमा उपलब्ध गराउन सक्छन् । सोसल सेक्युरिटी नम्बर, नाम, ठेगाना र डिपेन्डेन्टको विवरण उपलब्ध गराइसकेपछि आईआरएसले योग्यता परीक्षणका लागि उक्त विवरणका प्रयोग गर्नेछ । बैंकको विवरण उपलब्ध गराएको खण्डमा आईआरएसले सिधै बैंकमा रकम पठाउनेछ । अन्यथा ठेगानामा चेक हुलाकमार्फत पठाउनेछ ।

यो टुल सन् २०१८ र २०१९ मा ट्याक्स फाइल नगरेका र सोसल सेक्युरिटी रिटायर्डमेन्ट, सर्भाइभर वा अपांगता भत्ता र रेडरोड रिटायर्डमेन्ट नलिएकाहरुका लागि डिजाइन गरिएको हो । १२ हजार २ सय भन्दा कम आम्दानी भएको एकल र २४ हजार ४ सय भन्दा कम आम्दानी भएका दम्पत्तिले अनिवार्य नभएका कारण ट्याक्स फाइल गरेका छैनन् भने उनीहरुले यो टुलको प्रयोग गर्नसक्नेछन् ।

आगामी हप्तादेखि आईआरएसले पेमेन्टको स्टाटस चेक गर्नका लागि अर्को नयाँ टुलको व्यवस्था गर्न लागेको छ ।  अप्रिल १७ देखि उपलब्ध हुनेगरी नयाँ टुल बनाउन लागिएको हो । ‘गेट माई पेमेन्ट’ मा क्लिक गरेपछि पेमेन्टको स्टाटस, राहतको रकम प्राप्त हुने मिति, सिधै बैंकमा पठाइएको हो वा हुलाकमा त्यसको विवरण हेर्न सकिनेछ ।

विगतमा करफाइल नगरेकाहरुले आफ्नो विवरण बुझाउन र करफाइल गरेकाले राहत रकम ट्रयाक गर्न यहाँ क्लिक गर्नुहोला ।

यो टुलबाट योग्य व्यक्तिले सिधा बैंकमा रकम प्राप्त गर्नका लागि बैंक एकाउन्ट उपलब्ध गराउन सक्ने विकल्प समेत प्रदान गरिनेछ । रकम पठाइसकिएका व्यक्तिका हकमा यो विकल्प उपलब्ध हुनेछैन तर रकम पठाउन बाँकीहरुका सन्दर्भमा यो विकल्पको प्रयोग गरेर बैंकखाता दिन सकिनेछ । बैंक खाता दिएको खण्डमा कागजी चेकको तुलनामा छिटो रकम प्राप्त गर्नसकिनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com