कोरोना लाग्दा घरमै बसेर जडिबुटी खानुपर्ने भएपछि ‘विज्ञान वरदान या अभिशाप’?
– रश्मी भट्ट
प्रकृतिमाथि धावा नबोल्न म लगायत,कयौं प्रकृतिप्रेमी कवि ,लेखक, साहित्यकार र केही असल मानिसहरूले बारम्वार भन्दै आइरहेका हौं,भनीरहेका छौं र भनीरहनेछौं । पश्चिमी सभ्यता भन्दा पूर्वीय सभ्यता नै धेरै अर्थमा सही र असल भनेर पनि बारम्वार भन्दै आएका हौं ।
कहिले र कहाॅदेखि भन्दै आइरहेका छौं ,कति सत्य बोलीरहेका छौं भनेर हेर्न लिखितम हाम्रा कथा,कविता,भनाइ,साहित्य मात्रै एक पटक हेरे, पढे पुग्छ । अहिले कोरोनाको महामारी निम्तिएपछि मात्र हामी यो शॅखनाद गरीरहेका छैनौं र यसको ताण्डब सिद्धिए पछि पनि प्रकृतिलाई जोगाउने कुरा गर्न पटक्कै भुल्ने छैनौं ।
पूर्वीय,पाश्चात्य,सानो,ठूलो,धनी,गरीव ,विज्ञान ,भौतिक, आध्यात्म कसैले कसैको अस्तित्व मेट्न खोज्नु हुॅदैन । झन ईश्वर निर्मित कतिपय कुराहरू यस्ता छन् कि जसको विलय कहिल्यै सॅम्भब छैन र तिनको विलय भयो भने सृष्टिअर्थात् सॅसार नै विलय हुन्छ । प्रकृति यसैको एक अब्बल नमुना हो । प्रकृतिलाई जित्न खोज्नु,दम्भ देखाउनु,अर्को खडा गर्न खोज्नु आफैलाई समाप्त गर्नु मात्र नभएर सॅसारमा नै एक भयावह स्थिति पैदा गराउनु हो । यसबाट सॅसारका धेरै मानिस र प्राणीहरू विलय हुने प्रवल सॅभाबना हुन्छ ।
बिकशित र प्रकृति विरोधी,विज्ञान नै सर्वोपरी मान्ने मानिस र देशहरू नै आजको यो कोरोना जस्तो महामारी निम्त्याउने दुष्ट हुन् कि भनेर सीधै आरोप लगाउन हामीलाई हक नभएको पक्कै होइन ,लगाउन पाइन्छ लगाइरहेका छौं । कपालको टुप्पो भन्दा पनि कयौं गुणा सानो भाइरसले अद्रृश्य रूपमा मानिसलाई डर,धाक जमाएर थर्काइरहेको छ । मान्छे खराब भयो भने राक्षस वा दानब भनिन्छ ।
दानवले समेत देवहरूलाई खुलेआम आम्ने साम्ने भिड्न चुनौति दिन्थे रे ,निशस्त्र ,सशस्त्र दुवै थरी लडाई हुन्थ्यो तर आज यो निकृष्ट दानबरूपी भाइरस यस्तो अड्डा जमाउॅदै छ कि पृथ्वीमा ,उ मानवलाई समाप्त गर्न चाहन्छ । स्थिति प्रत्येक दिन भयावह र कुरूप बन्दैछ । मान्छे न हाॅस्न,न रून ,न त खुलेर बोल्न सकिरहेको छ । अमेरीकाको दिन दिनैको समाचारले जति आत्माबल बलियो बनाए पनि नपुग्ला जस्तो भईरहेको छ ।
मान्छे जति दु:खी प्राणी केही पनि छैन ,जस्तै दु:खलाई पनि पचाएर,सॅघर्ष गरेर हाॅस्ने र बाॅच्ने हुॅदा मान्छेलाई उत्कृष्ठ प्राणी भनिएको हो । प्रकृतिलाई जित्न र विनाश गर्नका लागि भनिएको होइन । उत्कृष्ठले निकृष्ठ ,अदृश्य शत्रुसॅग डराउनै पर्यो , लुकेर बाॅच्नै पर्यो । नडराएर के गर्नु ?बाॅच्नुमै जिन्दगी छ,मरेपछि सकिइ हाल्यो ।
चुम्बन,आलीङगन,हात मिलाउनुका साथै जूठो खाने पश्चिमाको अत्यन्त नराम्रो प्रथा हो । हाम्रा नमस्कार लगायत राम्रा पूर्वीय सॅस्कारहरू अव पश्चिमाले सबै ग्रहण गर्न लागे भनेर सॅचार माध्यममा जुन हुॅइया पिटिएको छ ,वास्तबमा उनीहरू दश प्रतिशतले पनि यो स्वीकार गरीरहेका छैनन् र कोरोनाको अन्त्यपछि पनि ब्यवहारमा उतार्ने छैनन् । त्यस्तै प्रकृतिमाथि बिजयको दौड पनि उनीहरू रोकिहाल्छन् भन्ने लाग्दैन ।
जसलाई अरूलाई उछिन्ने मात्र चाहना हुन्छ,नम्वर एकमा मात्र पुग्ने चाहना हुन्छ ,तिनीहरू जति चलाख र बहादुर देखिए पनि समाजलाई त्यतिकै घातक हुन्छन् । सगरमाथाको टुप्पोमा पुग्न चाहनेले कम्ता पापड बेल्नु पर्दैन, ती पापड सबै सही नियतका हुॅदैनन् र सॅसार यो अवस्थामा पुग्छ कहिले काहिं । विज्ञानका आडमा धेरै चुरीफुरी र दम्भ गर्ने देशले जसरी नयाॅ कुरा भित्र्याउॅछन् ,त्यसरी नै नयाॅ खराबी पनि भित्रयाउॅछन् र धेरैलाई सिध्याउॅछन् । यसको जवलन्त उदाहरण ,विश्वमा सबै भन्दा ठूलो शक्तिको रूपमा उदाउन खोजेको चीनबाट कोरोना शुरू भै, स्पेन, इटली ,जापान, रूस,जर्मनी ,बेलायत आदि गर्दै विश्वभरी नै महामारीको रूपमा फैलनु ।
अव पहिलो र शक्तिशाली हुने होडबाजीमा नलागेका, साना ,गरीव र अविकशित राष्ट्रहरू यसको शिकार हुने कि नहुने ? प्रश्न छ तर हुन्छ नै । प्रभाब धेरै र थोरै मात्रै हो । चपेटामा चपेटीनु नै पर्छ । उ पनि यही धरतीमै छ,प्रकृतिमै छ । होडबाजीमा त लागेन तर उनीहरूले,ती देशका जनताले प्रकृति जोगाउन कति मिहेनत गरे,प्रकोप नियन्त्रणको कस्तो तयारी गरे तेसैमा निर्भर गर्दछ ।
त्यस देशका जनताहरू आ-आफ्नो,कला,भाषा, धर्म,सॅस्कृति,चालचलन,रीति रिवाज,भेषभुषा जोगाउन कति तल्लीन रहे,कति सदाचार,स्वस्थ सर-सफाइ ,आहार विहार र प्राकृतिक पनमा बाॅचे ? त यसको पनि लेखाजोखा रहन्छ ।
आफ्नो पछि बनेको नयाॅ दश तले घरको अघि वा पछि परापुर्वकालदेखि ठडिएर रहेको पुरानो कसैको एकतले घर जबर्जस्ती भत्काउनु,बलले भत्काउन लगाउनु भन्दा ,उसको ईच्छा र अनुमतिमा त्यसको उत्थान,नयाॅ ढाॅचा दिनु वा सहयोग गरेर दशतले वा बराबरीमा ल्याउनु बुद्धिमानी हुन्छ ।
मानेन वा सकिएन भने पनि उसको अस्तित्व निमिट्यान्न गर्न लाग्नु भएन । आफै ढल्न दिनुपर्छ । प्रकृतिमा उभिएर नै मान्छेले विज्ञानको निर्माण गर्ने हो, प्रकृति नै सकिएपछि विज्ञान कहाॅ राज गर्ने ? एउटा मान्छे अर्कोसॅग बोल्न ,,देखिन ,भेट्न ,छुनै नहुने रोगको सामना गर्नु पर्यो आज । अहिले बाहिर निस्कॅदा र पछि,पछि यसरी नै बन्दी भएर धेरै लामो बस्नु पर्यो भने कतिको जीवन सकिने हो थाहा छैन ।
पशु,पॅक्षी प्राणीमा पनि सरेको सुन्दा त झन यसले के के उत्पात हुने हो । समझदार र पुगेसम्म मान्छे लकडाउनमा बस्ला । के पशुपॅक्षी बसीदेलान् त ? तिनीहरूले कति सार्लान ? कोरोनाको दर्दपुर्ण परीवेशपछि धेरै मान्छेमा प्रकृति र आफ्ना सॅस्कार सभ्यता माथि प्रेम पलाएको छ ,ढिलै भए पनि यसले अग्रता लियोस् ।
सॅसारको विकशित देशमा पनि मान्छेहरू उपचार नपाएर घरमै बसी आफ्ना पिता पुर्खाले सिकाएको प्राकृतिक जडीबुटीको रस पिएर जीवन बचाइरहेका छन् । अव भन्न मन लाग्छ,विज्ञान बरदान कि अभिशाप ? जडीबुटी त पहिले पनि थियो,प्रकृति त सॅधै थियो । यसलाई नाश गरेर वन्ने विज्ञानलाई छिटै औषधी पत्ता लगाउन मुश्किल भयो । लगाउला तर कयौं मानिसको क्षति भैसकेपछि आउने औषधीको के प्रशॅसा ?
हामी मान्छेहरू विज्ञानको पछि मात्र नकुॅदौं,भौतिकता र आधुनिकताको नाममा ढ्वाङ् नफुकौं , नाङ्गै नहिडौं । नाइटो/ नाभी जस्ता श्वास प्रश्वासको मुख्य अॅङग देखाउॅदै नृत्य प्रदर्शन नगरौं । आफ्नो देशमा बसेर कहिल्यै पश्चिमि सभ्यताको अपाच्य अनुकरण नगरौं । बिदेशमा पनि सकेसम्म आफ्नै रीति धर्ममा बसौं । यसैमा हाम्रो कल्याण हुन्छ । यसैको बलले हामी कोरोनासॅग जुध्न सकौं ।
जसरी परीवारको एउटा सदस्यले जान अन्जानमा कुनै खराबी काम गर्यो भने दश पुस्तासम्म पनि दाग रहीरहन्छ । अरूले विराउनै पर्दैन,अरू जति गतिलो भए पनि भन्नेले भन्न छाड्दैनन् । जस्तै — चोरको सन्तान ,फटाहा ठगाहा,ज्यानमारा ,भ्रष्टाचारी,पापी,मकैचूत,दुष्ट आदि आदि । त्यसैगरी प्रकृतिलाई शतप्रतिशत च्यालेञ्ज दिन कस्सिएका बिकशित देशबाट अहिले कोरोनाको महामारी फैलिए पनि यसबाट हामी स-साना देश र देशवासीहरू पुर्ण सुरक्षित हुन पाउने अवस्था छैन । यसले पुर्विय, पाश्चात्य सानो , ठूलो,धनी,गरीव,विकशित,अविकशित बालक ,बृद्ध,यौवना केही भनीरहेको छैन ।
हाम्रा साना नानीबाबुहरू पनि हाम्रा घरेलु ,प्रकृतिक जडीबुटीहरू चिन्न लागिरहेका छन् । यो खुशीको कुरा हो । विज्ञानलाई पुर्ण परित्याग गरेर प्रकृतिमा फर्कन पनि असम्भब छ तर विज्ञानको सबैलाई उछिनेर एक नम्वर हुने होडबाजी रोकेर प्रकृतिमाथि सन्तुलन राखेर बाॅच्न त सकिन्छ नि । यो म र हामी जस्ता भारेभुरेले सोचेर हुने कुरा भ एन । बाख्राले बिराउॅदा सबै भेडाको कान नकाटियोस् ।
एउटाले गरेको गल्तीको सॅजाय शाखा सन्तानले शयौं जुनी भोग्न नपरोस । दुच्छर कोरोनाको छिटो भन्दा छिटो अन्त्य होस् । सृष्टि रोकिएको छैन, मात्र मनुष्य रोकिएको छ । यो अबस्थाबाट पार भएर हामी छिटै आ- आफ्नो काम कर्तब्यमा जुट्न पाउॅ । दु:खको अत्याधिक सामना गर्नु परेर पनि सुखको आभाष लिएर बाॅच्नु पर्ने , हाॅस्नु पर्ने हुॅदा मानव उत्कृष्ट प्राणी भ्एको हो । हामी पु:न उत्कृष्ठ ,सिर्जनशील ,कर्मशील र खुशी हुॅदै सबै साथीभाई आफन्त भेट्न पाउॅ र रमाइलो गर्न पाउॅ ।

यो लेख खसोखासका तर्फबाट सामान्यमात्रै सम्पादन गरिएको छ ।





