२१ कार्तिक २०८३, शनिबार| Saturday, November 7, 2026

दीयोको महत्व र भाजपा स्थापना दिवसको पूर्व सन्ध्यामा बाल्न लगाउने चलाख मोदी

– शीतल पाण्डे

भनिन्छ जसलाई जसरी हे¥यो त्यो त्यस्तै देखिन्छ र जसरी बुझ्न खोज्यो त्यसरी नै बुझिन्छ किनकी कुनै कुरा पनि सत् प्रतिशत सही हुँदैन र गलत पनि । बस् परिस्थितीको दास हो मान्छे अझ भनौं समयको चक्र संगै चल्ने सामान्य प्राणि हो मान्छे । समयको चक्रमा बिभिन्न अवसर तथा चुनौतिहरु आउँछन् जान्छन्, यो नियति नै हो ।

समयको चक्रसंगै आउने चुनौति बीच पनि कत्तिले अवसर सृजना गर्ने हुन्छन् जो असाधारण क्षमताबान हुन्छन् । त कतिपय भने चुनौतिको सामनामै रुमल्लिरहन्छन् र असाधारण क्षमतावानले सृजना गरेका सृजनाहरुमा रमाईरहेका हुन्छन् । यही नै व्यक्तिको व्यक्तित्वको मानक हुन्छ । यस्ता क्षमतावान व्यक्ति मध्येबाट कुटनितिक ज्ञान र क्षमता भएकोले मात्र सबैलाई उछिनेर अगाडी आफूलाई अब्बल साबित गर्न सक्षम हुन्छ ।

यसरी अब्बल साबित गर्न भारतका प्रधान मन्त्री नरेन्द्र मोदी माहिर देखिए बिश्वका २०६ देशमा फैलिएको कोरोनाको महामारी मार्फत । कोरोना अर्थात कोभिड १९ ले सबैलाई चुनौति दिईरहेकोमा उनले भने यसलाई अवसरको रुपमा लिए र बिश्व शान्तिको कामना गर्न लगाई सबैलाई दीप प्रज्वलन गर्न लगाए । खासगरी आज अप्रिल ६ मा भारतीय जनता पाटीको स्थापना दिवस हो र यसको पूर्व सन्ध्यामा हिँजो अर्थात अप्रिल ५ मा भारतमा मात्र नभई नेपाल लगाएत अन्य देशहरुमा समेत दीप प्रज्वलन गर्ने सन्देश सबैका फेसबुक म्यासेन्जरमा भटाभट आए कतिपयले यसलाई अनुशरण ग¥यौं ।

हिन्दु अझ भनौं सनाता धर्मालम्बीहरुले परापूर्व काल देखि नै होम, दीप प्रज्वलन गर्ने चलन छ । गाईको शुद्ध घ्यूमा कपासको बत्ति बनाई दीप प्रज्वलन गर्नुले हावामा बायु सोधन भई अक्सिजन पैदा हुन्छ । यो बाताबरण शुद्धिको लागि गरिन्छ । यसले मन, मस्तिस्क लाई शुद्धिकरण गर्न मद्धत गर्दछ । आरोग्यम कार्वन अक्साईड बिस्थापित गरी अक्सिजन को पैदा गर्छ जसले बातावरण शुद्धिकरण गर्ने र मानिसमा सकारात्मक उर्जा प्रस्तुत गर्दछ ।

यसर्थ दीप प्रज्वलनले बातावरणमा रहेका व्याक्टेरिया लगाएतका किटाणुको नाश भई सकारात्मक उर्जा प्राप्त हुने र सोही सकारात्मक उर्जाका कारण सकारात्मक भावनाको बिकाश हुने हुँदा दीप प्रज्वलन गर्नु नित्तान्त सकारत्मक कुरा हो । तसर्थ नेपालमा पनि ८० प्रतिशत भन्दा बढी नागरिक हिन्दु सनातन धर्मालम्वी रहेको र यस्तो म्यासेज आएपछि कतिपय नेपालीले पनि हिँजो दीप प्रजवलन गरी कोरोनाको कहरबाट पार पाउने र बिश्व शान्ति कायम हुने विश्वासमा दीप प्रज्वलन गरियो । दीप प्रज्वलन गर्नु हिन्दु धर्म शास्त्रको मान्यता तथा मनोबैज्ञानिक कारणले पनि उपयुक्त छ ।

तर के दीप प्रज्वलन हिँजो अर्थात भारतीय जनता पार्टीको स्थापना दिवसको प्रर्व सन्ध्यामा नै गर्नु जरुरी थियो ? मोदीले आव्हान गरेकै समयमा गर्नु जरुरी थियो या अरु दिन नै आफ्नै योजना बमोजिम नेपालीले आफ्नै ढंगबाट यस्तो सकारात्मक उर्जा दिने यस्तो दीप प्रज्वलन गर्न सकिन्छ ? न कि हिँजो रातीको समयमा बलेका रंगीबिरंगी बिजुली बत्तिद्धारा कार्बन उत्सर्जन गरेर ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

हामी हाम्रै मन मस्तिस्क प्रयोग गरेर हाम्रै आयोजनामा हाम्रा देशवासी तथा सारा संसारका मानव जाति तथा प्राणिको जिवन तथा बिश्व शान्तिको कामना गर्न सक्छौँ, हामीलाई अरुको योजना र ईसारामा होईन आफ्नै बलबुतामा हाम्रै सस्कृति सुहाउँदो ढंगको काम गर्न सक्छौँ । न कि भारतीय जनता पार्टीको स्थापना दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गर्ने मोदिको चलाखीपूर्ण र कुटनैतिक आव्हान बमोजिम ।

वास्तबमा भारतीय जनता पार्टीको स्थापना दिवसको पूर्व सन्ध्यामा दीप प्रज्वलन गर्ने मोदिको चलाखीपूर्ण र कुटनैतिक आव्हान एक सामान्य व्यक्तिले सोच्न सक्ने बिषय त होईन नै यो बुझ्न पनि उत्तिकै कठीन छ । नरेन्द्र मोदीले कोरोना कहर जस्तो भयानक र भयाबह चुनौतिका बीचमा पनि एउटा यस्तो अवसरको डिजाईज गरे जुन डिजाईनमा कोरोना भगाउने निहुँमा करोडौ दीप प्रज्वलन गर्न लगाइ आफ्नो पार्टीको स्थापना दिवस मनाए ।

उनीे एक चाय वाला भनेर सामान्य रुपमा हेर्दा हेर्दैै भारतको प्रधानमन्त्री बने चलाख भएकै कारण । उनकै कार्यकालमा नेपालमाथी नाकाबन्दी लगाए, त्यति मात्र होईन नेपाली भु–भाग लिपुलेक, लिम्पियाधुरा समेटी भारतको नक्शा सार्वजनिक गरे, नेपालको ससंदमा आई बुद्धको भुमी नेपाल भनी भाषण गर्ने तुरुन्तै युरोप भ्रमणमा बुद्ध भारतमा जन्मेका हुन् भनी कुप्रचार समेत गर्न पछि नपर्ने उनी धुर्त र बेईमान व्यक्ति हुन् । मोदीको दिमाग लाई सामान्य मान्नु हुँदैन ।

यी आफ्नो र आफ्ना देशबासीको लागि अन्यलाई समेत प्रयोग गरी अरुको अस्थित्व मेटाउनका लागि समयको चक्रसंगै आउने चुनौति बीच पनि मोदीले अवसर सृजना गरी असाधारण क्षमता प्रदर्शन गरेका छन् । मैले मोदीलाई असामान्य नेता देखें । वास्तवमा मोदीको दिमागलाई सामान्य मान्नु हुँदैन । वाह मोदी दिमाग ! वाह मोदी डिजाईन !

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुँदैन। सबै प्रतिक्रिया सम्पादकको स्वीकृतिपछि मात्र देखिन्छन्।