कोरोना महामारीबाट प्रभावित हुँदा वेरोजगार विमाबाट कसरी पाउने रकम ?


प्रकाशित मिति : चैत्र ८, २०७६ शनिबार

पहिलो कुरा त तपाई कहाँ बस्नुहुन्छ भन्ने कुराले मुख्य प्रभाव पार्छ ।

तर अर्को महत्वपूर्ण कुरा के छ भने यो रकम पाउनका लागि तपाईले पूर्णरुपमा जागिर गुमाएको हुनुपर्दैन । यदि तपाई क्वारेन्टाइनमा बस्नु भएको छ वा अस्थायी रुपमा वेतलली विदामा हुनुहुन्छ भने पनि तपाई वेरोजगार सुविधा पाउन सक्नुहुन्छ ।

त्यस्तै यदि तपाईलाई तपाईको कम्पनीले तलब खुवाउन सकेको छैन वा तपाईपछि काममा फर्कने अपेक्षा गर्नुभएको छ भने पनि तपाईले यो सुविधा लिन सक्नुहुन्छ । फरक फरक राज्यहरुले योग्यता र पाउने रकमका फरक फरक नियमहरु बनाएका छन् । सामान्यतया तपाईको गतबर्षको आम्दानीको हिसाब गरेर प्रतिशतका आधारमा यस्तो रकम दिइनेछ ।

केही राज्यहरु यस मामलामा बढी उदार समेत रहेका छन् । तर सामान्यता तपाईले गुमाएको आम्दानीको ४५ प्रतिशत रकम प्राप्त गर्न सकिन्छ । अधिकांश राज्यहरुले २६ हप्तासम्मका लागि यस्तो रकम दिन्छन् तर कतिपयले भने १४ हप्ता वा त्यो भन्दा कम समेत दिने गर्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाई आफ्नो राज्यबाट कसरी फाइल गर्ने भन्नेबारेमा अन्यौलमा हुनुहुन्छ भने यो वेवसाइटमा क्लिक गरेर आफ्नो राज्य छनौट गर्नुहोस् । तपाईले थप विवरणहरु प्राप्त गर्नुहुनेछ ।

कतिपय राज्यहरुले पूर्णकालिन कामदारलाईमात्र यस्तो सुविधा दिन्छन् भने अस्थायी कामदारलाई रकम प्राप्त गर्न कठिन बनाएका छन् । स्वतन्त्र कन्ट्राक्टरका रुपमा काम गर्ने सेल्फ इम्प्लोयड कामदारहरु सामान्यतया योग्य हुँदैनन् ।

यो सुविधा लिंदा पब्लिक चार्जमा गणना नहुने र पछि अध्यागमन स्टाटसमा असर नपर्ने कानुन व्यवसायी बासु फूलाराले जानकारी दिनुभएको छ । साथै कोरोना भाइरसको महामारीका कारण उपचारका लागि लिएको मेडिकेड सुविधा पनि पब्लिक चार्जमा गणना नहुने उहाँले जानकारी दिनुभएको छ ।

न्युयोर्क राज्यले कोरोनाभाइरसका कारण कार्यस्थल बन्द भएको वा क्वारेन्टाइनमा जानुपर्ने भएको अवस्थामा बेरोजगार भएको एकहप्तासम्म कुर्नुपर्ने पूरानो प्रावधानलाई खारेज गरेको छ । त्यस्तै वासिंटन राज्यले पछि काममा फर्कनेगरी कामबाट वेतलवी विदामा रहेका वा कोरोना भाइरसका कारण क्वारेन्टाइनमा बसेकालाई काम खोजेको हुनुपर्ने प्रावधानलाई हटाएको छ ।

यदि तपाईले कुनै राम्रो कारणविना जागिर छाड्नुभएको थियो, राजिनामा दिनुभएको थियो, तपाईले गरेको दुब्र्यबहारका कारण जागिरबाट हटाइएको थियो, विवाह वा अन्य यस्तै कामका लागि जागिर छाड्नुभएको थियो, सेल्फ इम्प्लोयड हुनुहुन्छ भने यो सुविधाका लागि योग्य नहुन पनि सक्नुहुन्छ ।

यदि तपाई यो सुविधा लिन चाहनुहुन्छ भने आफ्नो राज्यको डिपार्टमेन्ट अफ लेवरमा सम्पर्क गर्न सक्नुहुन्छ । तपाईले वेवसाइटमा गएर अनलाइनबाट वा फोनमार्फत यो सुविधाका लागि दावी गर्न सक्नुहुनेछ । यदि तपाई न्युयोर्कमा बस्नुहुन्छ भने यो वेवसाइटमा गएर थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ ।

यसबारेमा विस्तृत जानकारी अमेरिकी सरकारको यो वेवसाइटमा पनि उपलब्ध छ ।

तपाईलाई अझै पनि अन्यौल छ भने खसोखासलाई लेख्नुहोला, हामीले तपाईको प्रश्नको जवाफ खोज्ने प्रयास गर्नेछौं ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com