कोरोनाबाट दुई सय सैनिकको मृत्यु भएको दाबी


प्रकाशित मिति : फाल्गुन २७, २०७६ मंगलबार

उत्तर कोरियामा सयभन्दा बढी सैनिक कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको र हजारौं मानिस क्वारेन्टाइनमा रहेको बताइएको छ  । तर, कोरियाका अधिकारीहरुले आफ्नो देशमा कोरोना संक्रमण नदेखिएको भन्दै अस्वीकार गरिरहेका छन् ।

दक्षिण कोरियाको समाचार एजेन्सी डेली एनकेले कोभिड–१९ बाट जनवरी र फेब्रुअरीमा १ सय ८० उत्तर कोरियाली सेनाको ज्यान गएको र ३ हजार ७ सयलाई क्वारेन्टाइनमा राखिएको जनाएको छ ।

डेली एनकेले उत्तर कोरियाका विभिन्न अस्पतालबाट तथ्यांक संकलन गरेको बताएको छ । सेनाका विभिन्न भागमा सेवा पुर्याइरहेका अस्पतालहरुलाई उनीहरुको हेरचाहमा रहेका सैनिकको संख्या र निमोनिया, क्षयरोग, दम र रुघाखोकीका साथै क्वारेन्टाइनमा राखिएका र मृत्यु भएकाको पनि  तथ्यांक माग्न भनिएको थियो । अस्पतालहरुले दिएको तथ्यांकअनुसार ती सैनिकको मृत्यु भएको बताइएको हो ।

दक्षिण कोरियाली सरकार समर्थित न्युज एजेन्सी योन्हापले करिब १० हजार मानिस क्वारेन्टाइनमाा रहेको र ४ हजारमा कुनै लक्षण नदेखिएपछि रिहा गरिएको उल्लेख गरेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

तर ,उत्तर कोरियाली सरकारले यसलाई अस्वीकार गर्दै आएको छ । ‘उक्त संक्रमित रोग अहिलेसम्म हाम्रो देशमा फैलिएको छैन’ उत्तर कोरियाका अधिकारी रोडोंग सिनमुनलाई उधृत गर्दै न्यूजविकले लेखेको छ । मंगलबारसम्म विश्वभर करिब १ लाख १२ हजार मानिसमा संक्रमण देखिएको छ भने ४ हजारको मृत्यु भइसकेको छ । एजेन्सी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com