आज ‘टेड्डी डे’, आफ्नो प्रेमिलाई कस्तो टेडी उपहार दिने ?


प्रकाशित मिति : माघ २७, २०७६ सोमबार

प्रणय दिवस अर्थात् भ्यालेनटाइन डे आउन अझै चार दिन आउन बाँकी छ । भ्यालेनटाइन वीकको आज चौथो दिन ‘टेड्डी डे’ अर्थात ‘भालु आकृतिको खेलौना’ एक आपसमा आदान प्रदान गरेर विश्वभरका युवा युवतीहरुले मनाउँदै छन् ।

उक्त खेलौना दिएर मनाइने हुदाँ यो दिन ‘टेड्डी डे’ का रुपमा परिचित छ । यो दिनमा तपाईले आफ्नो मन र मायाको अवस्था अनुसार टेड्डी अर्थात भालुको आकृती खेलौना आफ्नो प्रेमि-प्रेमिकालाई प्रदान गर्नसक्नु हुनेछ । ‘टेड्डी डे’ सामाजिक सञ्जालमा पनि छाएको छ ।

आफ्नो प्रेमि-प्रेमिकालाई कस्तो टेडी उपहार दिने त ?

१. निलो टेड्डि — ‘गहिरो माया–प्रेम’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यदि तपाईँको एक आपसमा गहिरो प्रेम छ भने निलो रङ्गको टेड्डी उपहार दिँदा उत्म हुनेछ । आकाश र समुद्र निलो हुने र त्यसको कुनै सिमा नहुने हुदाँ निलो रङ्गको टेड्डी उपहार दिन भनिएको हो ।

२. ग्रीन टेड्डी – ‘म सधै कुरिरहने छु’

ग्रीन कलरको टेड्डीले ‘तिम्रालागि सधै पर्खने छु’ भन्ने संकेत गर्छ । हरियो रङ्ग सदावहार हुने हुदाँ उत्पादनशिल, सन्तुलित, कुमारित्व रहिरहेको भन्ने हुन्छ ।

३. रेड टेड्डी – ‘तपाईँको प्रेम बारे सबै जानकार छन्’

लामो समय देखि प्रेममा भएको र तपाईँको प्रेम बारे घर परिवार सबै जानकार छन् भने रातो टेड्डी उपहार दिनसक्नुहुनेछ । रातो कलरको संकेत आगो र रगतसंग हुने हुँदा जस्तै परिस्थितिमा पनि नछुट्ने संकेत हो ।

४. कालो टेड्डी – ‘लभ इज रिजेक्टेड’

यदि तपाईँलाई प्रपोज गर्न मान्छे मन परेको छैन भने अस्विकार पनि गर्न सक्नुहुनेछ , ‘ब्ल्याक टेड्डी ’ मार्फत ।

५. सेतो टेड्डि – ‘अल रेडी बुक’

सेतो कलर शान्ति, शुद्ध र स्वच्छ आत्माको प्रतिक मानिन्छ । त्यसैले सिधा कुरा गर्नेले यो टेड्डी उपहरमा प्रयोग गर्न सक्छन् । साथै पहिल्यै प्रेममा रहेकाले पनियो टेड्डी प्रयोग गर्ने चलन छ ।

६. सुन्ताला कलरको टेड्डी – ‘प्रपोज कुर्दै’

सुन्तला कलरले शक्ति, खुसि, आनन्द, सृजनात्मक अवस्था वा सुर्योदयको रुपलाई संकेत गर्छ । यदि तपाईँलाई कसैले उक्त कलरको टेड्डी दिदैछ भने थाहा पाउनुस् कि तपाइँलाई उसले प्रपोज कुरिरहेको छ । अथवा, तपाईँलाई प्रपोजको उत्तम समय कुरिरहेको छ ।

७. पिन्क टेड्डि – ‘प्रस्ताव स्वृकार’

गुलाबी कलरको संकेत आकर्षक, नेचुरल्ली र माया बढ्दै गएको संकेत हो । यो उपहर पाउनु भो भने कहिल्यै अन्त्य नहुने मायाको समेत संकेतको गर्दै तपाईको प्रस्तावलाई स्विकार गरेको ठहर हुनेछ ।

८. पर्पल टेड्डी – ‘छिटै तपाइँसगँ जोडिने’

तत्काल स्वृकार नगरेको तर छिट्टै स्वृकार गर्ने अवस्थामा यो टेड्डी प्रदान गर्न सकिन्छ । पर्पलमा रोतो र निलो रङगको सामुहिक समिश्रण पर्पल हो । यस कलरले दिगो, शक्तिशाली र आरामदायी मायाको संकेत गर्छ । तपाईँलाई यो टेड्डि प्राप्त हुदाँ थाहा पाउनुस् कि छिटै तपाइँसंग जोडिनेछन् ।

९. पहेँलो टेड्डि – ‘ब्रेक अप’

पहेँलो कलरले आनन्द, खुसि र शक्तिको संकेत गर्ने भएपनि पहेँलो कलरको पहेँलोप्राप्त हुँदा सम्बन्ध बिच्छेदको संकेत हो ।

१०. ब्राउन टेड्डि – ‘हार्ट ब्रोकन’

तपाईँको कुराले कसैको चित्त दुखेको छ भने यो उपहार दिने चलन छ । -जनतापाटीबाट

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com