माध्यमिक शिक्षा परीक्षा SEE सुरु


प्रकाशित मिति : चैत्र ३, २०७३ बिहीबार

माध्यमिक शिक्षा परीक्षा (एसइई) अाजबाट सुरु भएको छ । परीक्षामा देशभरबाट कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थी सहभागि  माध्यमिक शिक्षा परीक्षा (एसइई) मा देशभरमा ६७ हजार पाँच सय ९१ जनशक्ति परिचालन भएको परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले  जानकारी दिनुभयाे ।

शिक्षा ऐनको आठौँ संशोधनले राष्ट्रिय परीक्षा बोर्ड गठन भएको र कक्षा १० र १२ को परीक्षाको व्यवस्थापन बोर्डले गर्ने व्यवस्था भए पनि यसपटक भने परीक्षा नियन्त्रण कार्यालयले नै देशभर परीक्षा सञ्चालन गर्दै छ ।

परीक्षामा सम्मिलित हुने कुल पाँच लाख ३८ हजार एक सय ८२ परीक्षार्थीका लागि एक हजार नौ सय २३ केन्द्रमा एक हजार नौ सय २३ केन्द्राध्यक्ष, दुई हजार ६ सय ४६ सहायक केन्द्राध्यक्ष, २२ हजार चार सय ६१ निरीक्षक, ११ हजार सात सय १६ सहयोगी र २८ हजार आठ सय ४५ सुरक्षाकर्मी परिचालन हुने परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले बताउनु भयाे ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com