सप्तरी घट्नामा मृत्यु हुने वीरेन्द्रको परिवार बिचल्लीमा


प्रकाशित मिति : फाल्गुन २८, २०७३ शनिबार

परिवारको मुख्य सदस्यीय वीरेन्द्र महतोको सप्तरी आन्दोलनमा परी मृत्यु भएपछि उनको परिवार विचल्लीमा परेका छन् । मृतक महतोको स–साना एक छोरा र तीन छोरी रहेका छन् । परिवारमा एक मात्र कमाउने महतोको मृत्युपछि घर र सिङ्गो गाउँमा रुवावासी छाएको छ ।

सप्तरी जिल्लाको मलेठ गाविस–२ मा बस्दै आएका वीरेन्द्रको उपचारका क्रममा बुधबार मृत्यु भएको खबर सुनेर घरमा रहेकी श्रीमती रञ्जना र सासू द्रौपती बेहोस भएका थिए ।

दुबैजनालाई आफन्तले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पु¥याएका थिए । दुबैजना हिजो बेलुकासम्म राम्ररी बोल्नसक्ने अवस्थामा थिएनन् । स–साना छोराछोरीको स्याहारसुहार छिमेकीले गर्दै आएका छन् ।

एमालेको मेची–महाकाली राष्ट्रिय अभियानलाई बिथोल्न खोज्ने मोर्चा कार्यकर्तासँगको झडपका क्रममा प्रहरीको गोली लागि घाइते भएका महतोको उपचारको क्रममा बुधबार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महतो विवाहपछि लामो समयदेखि ससुरालीमा रहँदै आएको सप्तरी मलेठ गाविस–२ का मृतक वीरेन्द्र महतो नेपाल प्रहरीको जागिर छाडेर मलेठस्थित ससुरालीमा खेती–किसानी गरेर जीविकोपार्जन गर्दै आएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com