महेशपुर नाकाबाट ५१ महिला तथा बालिकाको उद्धार


प्रकाशित मिति : कार्तिक २३, २०७६ शनिबार

पश्चिम नवलपरासीको महेशपुर नाकाबाट १० महिनाको अवधिमा बेचबिखनको जोखिममा परेका ५१ महिला तथा बालिकाको उद्धार गरिएको छ । उद्धार गरिएका मध्ये ५० लाई परिवारमा पुनःस्थापित गरिएको छ ।

जिल्लाको सो मुख्य नाकाबाट पछिल्लो समय महिला वैदेशिक रोजगारीका लागि र किशोरी भारतीय आर्केष्टामा नाच्न तथा नेटवर्किङ व्यवसायमा संलग्न हुन जाने बहानामा आवातजावत गर्ने क्रम बढ्दा बेचबिखनको जोखिम वृद्धि हुँदै गएको पाइएको छ ।माइती नेपाल आवधिक गृह महेशपुरका अनुसार घरेलु हिंसा, आर्थिक प्रलोभन, गरीबी तथा बेरोजगारी, लैङ्गिक विभेद, नाफामूलक व्यवसाय, सस्तो श्रम तथा यौनकार्यका लागि प्रयोग, आफू बेचबिखनमा परिसकेपछि साथी पनि लैजाने, साथीको सङ्गतजस्ता कारणले महिला तथा किशोरी बेचबिखनमा पर्ने गरेका पाइएको छ ।

सन् २०१९ को जनवरीदेखि हालसम्म माइती नेपालले स्थानीय र प्रहरीको सहयोगमा समेत उद्धार गरेका ५१ मध्ये ५० लाई घरपरिवारसँग पुनःमिलन गराएको छ । बेचबिखनमा पर्न लागेको आशङ्कामा ४१ लाई सीमानाकाबाटै घर पठाइएको छ भने उद्धार गरिएकामध्ये दुईमात्र बेचबिखन मुद्दा दर्ता गर्न सफल भएका आवधिक गृहकी प्रमुख कौशिल्या विश्वकर्माले बताउनुभयो ।बीस वटा खोजतलासका निवेदन दर्ता भएकामा छ जना मात्र फेला पार्न सफल भएको माइती नेपालले जनाएको छ ।

उद्धार गरिएकामध्ये नवलपरासीकै भूमहीकी एक १८ वर्षीय महिलाले श्रीमान्को हिंसा सहन नसक्ने भन्दै पुनःमिलन हुन नचाहेपछि माइती नेपालको सहयोगमा सीपमूलक तालीम प्रदान गरिएको छ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

महेशपुर नाकाबाट विशेषगरी खोटाङ, रोल्पा, सिन्धुली, रामेछाप, सोलुखुम्बु, कास्की, गुल्मी, मोरङ, धादिङलगायत जिल्लाका महिला तथा किशोरी विभिन्न बहानामा सीमापार गर्ने गरेका छन् । खुला सिमाना र निर्वाध प्रवेशको छुट पाउनु, बिचौलियाले विभिन्न वैकल्पिक बाटो प्रयोग गर्ने, सीमा वारपार गराउन स्थानीय व्यक्तिको प्रयोग गराउनु, पहुँचवाला तथा उच्चपदस्थ व्यक्तिबाटै बिचौलियालाई संरक्षण गरिनुजस्ता कारणले नियन्त्रणमा समस्या भएको उहाँको भनाइ छ ।

माइती नेपालले बेचबिखन तथा घरेलु हिंसामा परेका महिला तथा किशोरीलाई निःशुल्क कानूनी परामर्श प्रदान गर्ने, असुरक्षित बसाइँसराइलाई न्यूनीकरण गर्न विद्यार्थी लक्षित सचेतना कार्यक्रम, प्रहरी तथा सरोकारवालासँग समन्वय तथा नेपाल–भारत संयुक्त सीमा अनुगमनलगायतका काम गरिँदै आएको माइती नेपालले जनाएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com