राष्ट्रपतिसँग बिदाइ भेट


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपालका लागि संयुक्त अधिराज्यका राजदूत रिचर्ड मरिसले राष्ट्रपतिभवन शीतल निवासमा आज अपराह्न बिदाइ भेट गर्नुभयो ।

त्यस अवसरमा उहाँहरुबीच नेपाल र संयुक्त अधिराज्यबीचको सम्बन्ध, आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

नेपालमा आफ्नो चारवर्षे कार्यकाल पूरा गरी फिजीका निम्ति उक्त राष्ट्रको उच्चायुक्तमा नियुक्त हुनुभएका राजदूत मरिस स्वदेश फर्कने तयारीमा हुनुहुन्छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com