राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रथम वार्षिक प्रतिवेदन प्रस्तुत


प्रकाशित मिति : कार्तिक १९, २०७६ मंगलबार

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगको प्रथम वार्षिक कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा अध्यक्ष अन्सारीले आयोगले आव २०७५-७६ मा सम्पादन गरेको वार्षिक कार्यप्रगति, भावी कार्यदिशा, मुसलमान समुदायको शिक्षाको अवस्था, समावेशिता कार्यान्वयनको पाटोलगायत विषयमा प्रस्तुतीकरण गर्नुभयो ।

नेपालको संविधानको धारा २६४ मा नेपालमा एक मुस्लिम आयोग रहने व्यवस्था छ । अध्यक्ष अन्सारीको अध्यक्षतामा विसं २०७५ चैतमा आयोगको गठन भएको थियो । गठनपछि आयोगले मुस्लिम समुदायमा विद्यमान लैङ्गिक विभेद र दाइजो प्रथाविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नाका साथै शैक्षिक जागरण अभियान चलाउँदै आएको छ । आयोगले निजामती सेवामा मुसलमान समुदायको प्रवेश सङ्ख्या बढाउन लोकसेवा तयारीका कक्षासमेत सञ्चालन गर्दै आएको छ ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com