‘समृद्धिका लागि डिजिटल नेपाल आवश्यक’


प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार

विकास र समृद्धिका लागि डिजिटल नेपाल आवश्यक रहेकामा सरोकारवाला वक्ताहरुले जोड दिनुभएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयद्वारा आज यहाँ आयोजित डिजिटल नेपाल कार्यक्रम कार्यान्वयन कार्ययोजना अभिमुखिकरण कार्यक्रमका वक्ताले वर्तमान परिप्रेक्ष्यमा मुलुकको आर्थिक विकास तथा आर्थिक वृद्धि दरमा उल्लेखनीय प्रगति हासिल गर्न र जनताले खोजेको सुशासनको प्रत्याभूति दिलाउन डिजिटल नेपालको अवधारणा निकै सान्दर्भिक रहेकामा जोड दिनुभयो ।

मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले सबै सरकारी कामलाई सर्वसुलभ एवं सरल बनाउन डिजिटल प्रविधि भित्रिनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो । मन्त्रालयका सहसचिव वीरेन्द्रकुमार मिश्रले सूचना तथा सञ्चार प्रविधि नीति, २०७२ र डिजिटल नेपालको फेमवर्कका बारेमा प्रकाश पार्नुभएको थियो ।

डिजिटल नेपाल फ्रेमवर्क कृषिका बारेमा मन्त्रालयका उपसचिव राम गोविन्द अर्याल, डिजिटल फाउण्डेशनका बारेमा सहसचिव वीरेन्द्रकुमार मिश्र तथा ऊर्जा र पर्यटनका बारेमा इञ्जिनीयर कल्पना ज्ञवालीले आ–आफ्ना कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । दुईदिने सो कार्यक्रममा विभिन्न सरकारी कार्यालयमा प्रविधि शाखामा कार्यरत करीब ३० कर्मचारीको सहभागिता रहेको थियो ।
–––

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com