प्रहरी हिरासतमा रहेका छोरा भेट्न हिडेका,नेकपा नेता ‘झक्कु सुवेदी’लाई हृदयघात !
प्रकाशित मिति : कार्तिक १८, २०७६ सोमबार
नेकपा नेता तथा पूर्व सांसद झक्कु प्रसाद सुवेदीलाई हृदयघात भएको छ । आज बिहान काठमाडौँबाट दाङ्ग जाने क्रममा नागढुंगा नपुग्दै गाडीमै बेहोस भएपछी उनलाई नर्भिक हस्पिटल लगिएको थियो ।
सरकारद्वारा प्रतिवन्धित नेकपा विप्लवका रोल्पा इन्चार्ज रहेका आफ्ना छोरा सन्तोष सुवेदी ‘प्रयास’लाई प्रहरीले पक्रिएपछि उनलाई भेट्न दाङ जाने क्रममा सुवेदीलाई हृदयघात भएको श्रोतले जनाएको छ ।
नर्भिक पुर्याइएका सुवेदीको डाक्टर जेपी जैसवालले सर्जरी गरेका थिए । सर्जरी पछि सुवेदीको अवस्थामा सुधार भइरहेको पारिवारिक श्रोतले जनाएको छ । सुवेदी नेकपाका केन्द्रिय सम्पर्क मञ्चका सहसंयोजक हुन् ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






