उपनिर्वाचनका लागि नेकपाले टुंगाे लगायाे उम्मेदवार : कास्की-२ मा विद्या, क-कसले पाए टिकट ?
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले मंसिर १४ मा हुने उपनिर्वाचनका लागि उम्मेदारको नाम टुंगो लगाएको छ । आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटरमा बसेको नेकपाकाे सचिवलाय बैठकले उम्मेदावरको टुंगो लगाएको होे ।
पार्टीका प्रवक्ता नाराणकाजी श्रेष्ठलेका अनुसार कास्की-२ मा स्व. निवर्तमान पर्यटनमन्त्री रवीन्द्र अधिकारीको धर्मपत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाइएको छ । तत्कालीन नागरिक उड्डयन्मन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटना परेर निधन भएको थियो । बाग्लुङ २ (ख) मा भने राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
त्यसैगरी, प्रदेशसभातर्फ दाङ ३ (ख) मा हुने उपचुनावमा विमला वलीलाई उठाउने निर्णय गरेको छ । वली भने सोही क्षेत्रबाट निर्वाचित प्रदेश सांसद उत्तरकुमार वलीकी पत्नी हुन् ।
भक्तपुर १ (क) मा देवीप्रसाद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यसैगरी धरान उपमहानगरकालिको मेयरका लागि प्रकाश राइलाई उठाउने निर्णय गरेको प्रवक्ता श्रेष्ठ जानकारी दिनुभयाे ।
आगामी मंसिर १४ गते प्रतिनिधिसभा, प्रदेशसभा सदस्य तथा स्थानीय तहका रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । स्थानीय तहमा चार प्रमुख, एक उपप्रमुख र ४२ वडाध्यक्षका लागि पनि चुनाव हुँदैछ ।





