पाल्पामा विद्यालय भवन निर्माण


प्रकाशित मिति : कार्तिक १७, २०७६ आईतबार

पाल्पा रामपुर नगरपालिका–५ स्थित रामतुलसी माविको नवनिर्मित दुईकोठे पक्की भवन निर्माण भएको छ । जापानीज संस्था साइतामा युनेस्कोको सहयोगमा निर्मित भवन युनेस्कोका सेक्रेटरी मासाको होण्डाले आइतबार उद्घाटन गर्नुभयो ।

भवनको उद्घाटन गर्दै होण्डाले शिक्षा क्षेत्रमा लगानी गर्न पाउँदा आफूलाई खुशी लागेको बताउँदै युनेस्कोको सहयोगमा सन् २०१९ मा निर्मित विद्यालय भवनमध्ये रामतुलसी माविको भवन ९२ औँ रहेको जानकारी दिनुभयो ।
जापानीज समाजसेवी काजुमासा काकीमी (ओकेबाजे) को पहलमा भवन निर्माणमा सहयोग जुटेको हो । ओकेबाजेले पाल्पाका विभिन्न विद्यालयमा भवन निर्माणमा आर्थिक सहयोग गरेको बताउँदै आफूले यस क्षेत्रमा बाँचुञ्जेलसम्म सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानाध्यापक बालकृष्ण लम्सालले साइतामा युनेस्कोको रु १२ लाख र विद्यालयको रु १४ लाख २७० गरी जम्मा रु २६ लाख २७० को लागतमा भवन निर्माण सम्पन्न भएको बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com